मुर्शिदाबादमा घरको छतमा संचालित हेरोइन फ्याक्ट्रीको भण्डाफोड़, भारी मात्रामा प्रतिबन्धित मादक पदार्थसितै चारजना पक्राउ
मुर्शिदाबादमा घरको छतमा संचालित हेरोइन फ्याक्ट्रीको भण्डाफोड़, भारी मात्रामा प्रतिबन्धित मादक पदार्थसितै चारजना पक्राउ


मुर्शिदाबाद, 09 जनवरी (हि. स.)। बितेका केही दिनदेखिको मुर्शिदाबाद पुलिसद्वारा संचालित अभियान अन्तर्गत जिल्लाको सागरदिघी थाना पुलिसले एक अन्तर्राज्यीय ड्रग तस्कर गिरोहको भण्डाफोर गर्दै भारी मात्रामा हेरोइन जफत गरेको छ।

पुलिसले एउटा घरको छतमा चलिरहेको अवैध ड्रग फ्याक्ट्रीमा छापा मारेर चार जना मानिसहरूलाई पक्राउ गरेको छ जसमा दुईजना महिला पनि सामेल छन्। यिनीहरूबाट 5.287 किलोग्राम हेरोइन जफत गरिएको छ जसको अन्तर्राष्ट्रिय बजारमा अनुमानित लगभग 3 करोड़ रुपियाँ रहेको छ।

जंगीपुरका एसडीपीओ प्रबीर मण्डलले गए बिहीवार राति बताए, पुलिसलाई सागरदिघीको काबिलपुर कोयलपाड़ा क्षेत्रस्थित एउटा घरभित्र अवैध मादक पदार्थ निर्माण भइरहेको गुप्त सूचना प्राप्त भएको थियो। यसै आधारमा सागरदिघी थानाका आईसी सुमित विश्वासको नेतृत्वमा पुलिसको एक विशेष टीमले गत बुधवार राति उक्त घरमा छापा माऱ्यो। छापामारी अवधि छतमा हेरोइन बनाउँदै गरेका चार जना मानिसहरूलाई पक्राउ गरियो

पक्राउ आरोपीहरूको पहिचान राकिबुल शेख, उसकी पत्नी मोमिना बीबी, हसिना बीबी र लालगोला निवासी इब्राहिम शेखको रूपमा भएको छ। जाँचमा थाहा लागे अनुसार इब्राहिम शेखले पछिल्लो लामो समयदेखिकै आफ्नी बहिनीको घरमा लुकेर यो कारखाना संचालन गर्दै आइरहेको थियो। पुलिसले घटनास्थलबाट प्रचुर मात्रामा नशालु पदार्थ अतिरिक्त हेरोइन बनाउने उपकरण तथा अन्य सामग्रीहरू जफत गरेको छ।

एसडीपीओ अनुसार यो हेरोइन स्थानीय बजारमा मात्र नभएर अन्य राज्यहरूमा पनि तस्करी गरिन्थ्यो। आरोपी विरूद्ध एनडीपीएस एक्ट अन्तर्गत मुद्दा दर्ता गरिएकोछ। बिहीवार बहरामपुरको विशेष अदालतमा पेश गरिएपछि न्यायाधीसले चारै आरोपीहरूलाई दश दिनको पुलिस हिरासतमा राख्ने निर्देश दिएका छन्। पुलिस अब यस गिरोहको मुखिया र सप्लाई चेनको बारेमा पत्तो लगाउन जुटेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande