
पश्चिम मेदिनीपुर, 07 जनवरी (हि. स.)। पश्चिम बंगालका दक्षिण-पश्चिमी जिल्लाहरूमा हाल शीतलहरको प्रकोप जारी छ। उत्तरबाट आउने चिसो हावा र घना कुहिरोको कारण पूर्ण तथा पश्चिम मेदिनीपुर अनि झाड़ग्राम जिल्ला पूर्ण रूपले कठ्याङ्ग्रिएका छन्।
मौसम विभाग अनुसार यस वर्ष तापमान पछिल्लो वर्षको तुलनामा लगभग 6 डिग्री सेल्सियस कम दर्ता गरिएको छ।
गए मंगलवार राती पश्चिम मेदिनीपुरमा न्यूनतम तापमान घटेर 8.15 डिग्री सेल्सियससम्म पुग्यो। स्मरण गराइन्छ, पछिल्लो वर्ष 6 जनवरीमा यहाँको न्यूनतम तापमान 14.39 डिग्री सेल्सियस थियो। झाड़ग्रामका वन क्षेत्र तथा पहाड़ी क्षेत्रहरूको पारा 8 डिग्रीदेखि तल झरेको छ।
राजधानी कोलकातामा पनि चिसोले पछिल्लो वर्षको रोकर्डलाई आलो बनाइरहेको छ। 6 जनवरी, 2026-मा कोलकाताको न्यूनतम तापमान 10.2 डिग्री सेल्सियस दर्ता गरियो जुन सामान्यभन्दा 3.7 डिग्री कम हो। यसपूर्व वर्ष 2023-मा 10.9 डिग्री र वर्ष 1989- मा रेकर्ड 6.7 डिग्री तापमान दर्ता गरिएको थियो।
कुहिरो तथा सिरटोले गर्दा बिहान दृश्यता धेरै कम रह्यो। अपरान्हमा पनि बादल लागिरहने तथा चिसो हावा बगिरहने हुनाले मानिसहरू आ-आफ्नो घरमा कुम्लेर बस्न बाध्य भइरहेका छन्। सबैभन्दा दयनीय अवस्था फुटपाथमा बस्ने तथा निराश्रित मानिसहरूको भइरहेको छ जसको लागि प्रशासन अनि स्वयंसेवक संस्थाहरूसित मद्दत गर्ने अपील गरिँदैछ।
मौसम विभाग अनुसार, उत्तर-पश्चिम भारतमा पश्चिमी विक्षोभ प्रवेश गरेको कारण आगामी केही दिनसम्म जाड़ो यथावत रहनेछ। तथापि बीचमा एक-दुई दिन तापमान सामान्य रूपमा बढ़ेपनि चिसोबाट हाल राहत पाउने सम्भावना कमै छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा