नेताईका शहीदहरूलाई ममता ब्यानर्जीले दिइन् श्रद्धाञ्जली
नेताईका शहीदहरूलाई ममता ब्यानर्जीले दिइन् श्रद्धाञ्जली


कोलकाता, 07 जनवरी (हि. स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले बुधवार सोशल मीडिया प्लेटफर्म ‘एक्स’-मा पोस्ट गरी नेताईकाण्डका अमर शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गरिन्। उनले लेखिन्, नेताईका शहीदहरूलाई उनी विनम्र श्रद्धा एवं प्रणाम अर्पण गर्दछन्।

मुख्यमन्त्रीले आफ्नो पोस्टमा भनिन्, आजकै दिन वर्ष 2011-मा झाड़ग्राम जिल्लाको नेताई गाउँमा भएको हिंसामा नौजना निर्दोष मानिसहरूको ज्यान गएको थियो। उनले यस घटनालाई सम्झँदै नेताईका सबै शहीदहरूप्रति गहिरो संवेदना अनि सम्मान व्यक्त गरिन्।

ममता ब्यनर्जीले भनिन्, नेताईका ती सबै शहीदहरूको बलिदानलाई कहिल्यै भुल्न सकिँदैन। उनले शहीद परिवारहरूप्रति संवेदना प्रकट गर्दै भनिन्, यस दिनले हामीलाई हिंसाको विरोधमा एकजुट भएर शान्ति तथा मानवताको पक्षमा उभिने कुरालाई स्मरण गराउँछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande