मानेबुङ-देन्ताममा एसडीएफको समन्वय सभा
एसडीएफको समन्वय सभा


गान्तोक, 01 अक्टूबर (हि.स.)। पश्चिम सिक्किमअन्तर्गत मानेबुङ-देन्ताममा बुधबार सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) को समन्वय सभा सम्पन्न भएको छ।

जिल्ला समितिका अध्यक्ष दिपेन गुरुङको अध्यक्षतामा बसेको सभाले दुई कार्यकर्तालाई चेली मोर्चा प्रभारीको नयाँ जिम्मेवारी दिएको एसडीएफले जनाएको छ।

जिम्मेवारी पाउनेमा उत्तरे निवासी लिला कामी र फेरेक सिङताम निवासी नोर्कित लेप्चा रहेका छन्।

सभामा पार्टीको केन्द्रिय समिति, समष्टि समिति तथा वार्ड समितिबीचको समन्वय र तालमेलका विषयमा छलफल गरिएको थियो। साथै, पार्टी संगठनलाई तल्लो तहसम्म विस्तार गर्दै एसडीएफको कार्यदिशालाई जनस्तरसम्म पुर्याउने विषयमा छलफल भएको जनाइएको छ।

सभामा जिल्ला समितिका अध्यक्ष दिपेन गुरुङ, महासचिव विशाल सामपाङ, युवा प्रभारी सन्दिप राई तथा समष्टिस्तरीय समितिका अध्यक्ष सोमबहादुर लिम्बूलगायतले आफ्ना धारणा राखेका थिए।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande