महालयमा हुगलीका गङ्गा घाटहरूमा पितृ शान्तिको लागि गरियो तर्पण
सांकेतिक तस्वीर


हुगली, 10 अक्टोबर (हि.स.)। महालयको बिहान हुगली जिल्लाका विभिन्न गङ्गा घाटहरूमा आफ्ना पितृहरूलाई तर्पण दिनका लागि श्रद्धालुहरूको भीड़ उर्लियो। पितृ पक्षको अन्त्य र देवी पक्ष प्रारम्भ भएको यस शुभ अवसरमा मानिसहरूले गङ्गामा पानी चढाएर आफ्ना दिवङ्गत पुर्खाहरूको आत्माको शान्तिको लागि प्रार्थना गरे।

चुन्चुराको मयूरपङ्खी घाट, जोडाघाट र बकुलतला घाट सहित विभिन्न गङ्गा घाटहरूमा बिहानदेखि नै भक्तहरूको घुइँचो लाग्यो। पुजारीहरूद्वारा मन्त्र उच्चारणबीच विधि-विधानपूर्वक तर्पण गरियो। । यस अवधि ठूलो सङ्ख्यामा मानिसहरूले गङ्गामा पानी चढाएर आफ्ना पुर्खाहरूलाई श्रद्धाञ्जली दिए।

महालयसँगै बङ्गालमा दुर्गा पूजाको आगमनको आनन्द पनि बढेको छ। पितृ पक्षको समापन र देवी पक्षको प्रारम्भको यस विशेष अवसरमा गङ्गा घाटहरूमा धार्मिक आस्था एवं परम्पराको अद्वितीय सङ्गम देखियो।

गङ्गा घाटमा भक्तहरूको भीड़लाई ध्यानमा राख्दै पुलिस प्रशासन एवं आपदा प्रबनन्धन दललाई तैनाथ गरियो। पुलिसले लाउडस्पीकरको माध्यमबाट मानिसहरूलाई सतर्कता अप्नाउने र नदीको गहिरो पानीमा नजाने आग्रह गऱ्यो। भक्तहरूलाई ज्वारभाटा आउने सम्भावनालाई ध्यानमा राख्दै सतर्क रहन सल्लाह पनि दिइयो।

यसबाहेक, स्पीड बोडको माध्यमबाट नदीा निगरानी गरियो ताकि कुनै पनि अप्रिय घटनालाई रोक्न सकियोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande