
गुवाहाटी, 14 अक्टोबर (हि.स.)। असम गण परिषद् (अगप)- का अध्यक्ष अतुल बोराले बुधवार पार्टीको 42 औँ स्थापना दिवसको अवसरमा पार्टीका सबै वर्तमान र पूर्व नेता, कार्यकर्ता एवं शुभचिन्तकहरूलाई हार्दिक बधाई अनि शुभकामना दिए।
बोराले सामाजिक सञ्जालमा जारी गरेको सन्देशमा भने, छ वर्ष लामो ऐतिहासिक असम आन्दोलनबाट असम गण परिषद्को जन्म भएको थियो। उनले पार्टी स्थापना भएदेखि अहिलेसम्म पार्टीसित जोड़िएर बसेका सम्बन्धित मानिसहरूको योगदानलाई स्मरण गरे।
उनले भने, असम गण परिषद र यसको सहयोगीबीच लामो समयदेखि गठबन्धन रहेको छ। बोराले विश्वास व्यक्त गरे, असमको स्थायी शान्ति, सुरक्षा एवं सर्वाङ्गीण विकासको हितमा दुई पार्टीबीचको यो गठबन्धन तथा एकता भविष्यमा यथावत रहनेछ।
उनले भने, उनलाई पूर्ण विश्वास छ कि दुवै दलले मिलेर राज्यको कल्याण अनि प्रगतिको लागि निरन्तर काम गरिरहनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा