राज्यपालले सजोलङ्ग समुदायका मानिसहरूलाई 'चिन्दाङ्ग' पर्वको शुभकामना दिए
राज्यपालले सजोलङ्ग समुदायका मानिसहरूलाई 'चिन्दाङ्ग' पर्वको शुभकामना दिए


इटानगर, 14 अक्टोबर (हि.स.)। अरुणाचल प्रदेशका राज्यपाल लेफ्टिनेन्ट जनरल (सेवानिवृत्त) केटी परनाइकले राज्यका जनतालाई, विशेष गरी सजोलङ्ग समुदायलाई 'चिन्दाङ्ग' पर्वको अवसरमा बधाई एवं शुभकामना दिएका छन्। उनले यस विशेष पर्वले हाम्रो सांस्कृतिक पहिचानलाई बलियो बनाउने र आउँदो पुस्तासम्म अरुणाचल प्रदेशको समृद्ध सम्पदाको संरक्षण गर्ने हाम्रो सङ्कल्पलाई गहिरो बनाउने आशा व्यक्त गरे।

आफ्नो सन्देशमा राज्यपालले भने, अरुणाचल प्रदेशको समृद्ध सांस्कृतिक सम्पदा विभिन्न स्थानीय परम्परा, चाडपर्व, रिती-थिती एवं प्रथाहरूमा प्रतिबिम्बित हुन्छ। यी सबैले प्रकृति, समुदाय अनि पुर्खाहरूसँगको हाम्रो गहिरो संलग्नतालाई प्रतिबिम्बित गर्दछ। उनले भने, चिन्दाङ्ग पर्वले सजोलङ्ग जनताको प्रकृतिप्रतिको श्रद्धालाई उत्कृष्ट रूपमा प्रदर्शन गर्छ। यसमा राम्रो फसल, परिवारको कल्याण एवं मानिस र घरपालुवा जनावरहरूको सुरक्षाका लागि प्रार्थना तथा परम्परागत अनुष्ठानहरू प्रस्तुत गरिन्छ। यस्ता परम्पराहरू एउटा बहुमूल्य धरोहर हुन् जसले हाम्रो सांस्कृतिक पहिचान र समुदायको भावनालाई बलियो बनाउँछ। उनले भने, म सबैलाई, विशेष गरी युवाहरूलाई अपील गर्दछु कि उनीहरूले हाम्रो स्थानीय सम्पदालाई बुझुन्, सम्मान गरून् अनि त्यसलाई अगाडि बढ़ाउन्। साथै ती जङ्गल, नदी, पहाड़ एवं प्राकृतिक श्रोतहरूको रक्षा गरून् जसले हाम्रो समुदायलाई पुस्तौँदेखि कायम राखेको छ।

आफ्नो सन्देशमा राज्यपालले भने, यस खुशीको अवसरमा म सजोलङ्ग समुदायका मानिसहरूसित मिलेर सर्वशक्तिमान ईश्वरसित सबैको लागि शान्ति, सद्भाव, सुस्वास्थ्य एवं समृद्धिको प्रार्थना गर्दछु।

/ बिशाल


 rajesh pande