
गान्तोक, 14 अक्टोबर (हि.स.)। लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बाले भारतीय विमानपत्तन प्राधिकरण (एएआई) का अध्यक्ष पुनीत कन्सालसँग उनको कार्यालयमा शिष्टाचार भेट गरेका छन्।
डा. सुब्बाले कन्साललाई नयाँ जिम्मेवारी सम्हालेकोमा बधाई तथा शुभकामना व्यक्त गरे। भेटघाटको क्रममा सांसद सुब्बाले सिक्किमको एकमात्र विमानस्थल पाकिम विमानस्थलसँग सम्बन्धित मुख्य विषयहरूमा छलफल गरे। यसमा विमानस्थलको सुरक्षित तथा भरपर्दो सञ्चालन सुनिश्चित गर्न आवश्यक सुरक्षा उपाय र विद्यमान चुनौतीको समाधान गर्नुपर्ने आवश्यकता जस्ता विषयहरू समावेश थिए।
उनले सिक्किमका लागि सुरक्षित, भरपर्दो र दिगो हवाई सम्पर्क सुनिश्चित गर्नुको महत्त्वमाथि पुनः जोड़ दिए। यस्तो सम्पर्क राज्यको पर्यटन, आर्थिक वृद्धि र समग्र विकासका लागि अत्यन्त महत्त्वपूर्ण रहेको उनले बताए।
---------------
हिन्दुस्थान समाचार / बिशाल