डा. मधुमिता बरुवाले असम महिला विश्वविद्यालयकी कुलपतिको रूपमा शपथ लिइन्
Governor Lakshman Prasad Acharya Administering Oath to Dr Madhumita Baruah as Assam Women’s University Vice Chancellor.


गुवाहाटी, 14 अक्टोबर (हि.स.)। असमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले बुधवार लोकभवनमा आयोजित एक समारोहमा डा. मधुमिता बरुवालाई असम महिला विश्वविद्यालयकी कुलपतिको रूपमा पदको शपथ दिलाए।

लोकभवनको सम्मेलन हलमा आयोजित शपथ ग्रहण समारोहको कारबाही शुरू गर्नअघि राज्यपालका आयुक्त तथा सचिव एसएस मीनाक्षी सुन्दरमले राज्यपालसँग अनुमति मागे।

समारोहमाअसमका डा. रवि कोटा, मुख्य सचिव, असम, नारायण कोँवर, आयुक्त एवं सचिव तथा उच्च शिक्षा विभाग, असम सरकार तथा प्रोफेसर नानी गोपाल महन्त, कुलपति, गौहाटी विश्वविद्यालय उपस्थित थिए।

यसअतिरिक्त समारोहमा भट्टदेव विश्वविद्यालय, श्रीमन्त शङ्करदेव स्वास्थ्य विज्ञान विश्वविद्यालय, असम पशु चिकित्सा तथा मत्स्य विज्ञान विश्वविद्यालय एवं कृष्णकान्त हन्डिक राज्य खुला विश्वविद्यालयका कुलपतिले पनि भाग लिएका थिए।

सो अवसरमा उच्च शिक्षा निर्देशनालयकी निर्देशक पोमी बरुवा सहित राज्य सरकारका धेरै वरिष्ठ अधिकारीहरू उपस्थित थिए।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande