हिमानी इशोर कुचबिहार जिल्ला परिषद्की सभाधिपति चयनित
कूचबिहार जिला परिषद की नवनिर्वाचित सभाधिपति हिमानी ईशोर 


कुचबिहार, 14 अक्टोबर (हि.स.)। कुचबिहार जिल्ला परिषद्की नयाँ सभाधिपतिको रूपमा हिमानी इशोर निर्विरोध निर्वाचित भएकी छन्। बुधवार जिल्ला परिषदमा सभाधिपतिको चुनाउ गर्नको लागि एक बैछक आयोजना गरियो जसमा उनी निर्विरोध निर्वाचित भइन्।

कुचबिहार जिल्ला परिषद्का 34 वटा सीटमध्ये तृणमूल कङ्ग्रेसले 32 र भाजपाले 02 वटी सीट जितेको थियो। त्यसबेला सुमिता बर्मन सभाधिपति भएकी थिइन्। तर राज्यमा सत्ता परिवर्तन भएपछि तृणमूल कङ्ग्रेसका केही सदस्यहरूले सुमिता बर्मनविरुद्ध अविश्वास प्रस्ताव पेश गरे जसपश्चात उनलाई पदबाट हटाइयो। त्यसपछि रिक्त भएको पदमा हिमानी इशोरलाई नयाँ सभाधिपति चुनियो।

हिमानी इशोरे कुन राजनीतिक दल वा तृणमूल कङ्ग्रेसको कुन गुटको साथमा छन् भन्नेबारे उनले आफ्नो धारणा स्पष्ट पारेकी छैनन्। तथापि जिल्ला परिषद्को बैठकका दस्तावेजहरूमा उनले एआईटीसी (तृणमूल कङ्ग्रेस)- को सदस्य बताइएको छ।

सभाधिपति चयन भएपछि हिमानी इशोरले मुख्यमन्त्रीलाई धन्यवाद दिँदै भनिन्, म जिल्लाको विकासको लागि काम गर्न चाहन्छु।

चुनाउ अवधि भाजपाका दुवै सदस्य अनुपस्थित थिए।

/ बिशाल


 rajesh pande