
खरसाङ, 17 अक्टोबर (हि.स.)। स्वास्तिक समाज बागौडाको आयोजनामा सांस्कृतिक फूलपाती शोभायात्रा सम्पन्न भएको छ। शोभायात्रामा समाजका सभापति कुमार गुरुङ, सचिव प्रताप थापाका साथै पूजा समितिका सभापति दिलीप लामा, सचिव कला लामा र समितिका सम्पूर्ण पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
समाजको तर्फबाट विभिन्न सांस्कृतिक वाद्यवादनका साथ शोभायात्रा निकालिएको थियो। यस अवसरमा समाजका प्रतिनिधिहरू तथा स्थानीयवासीहरू आ-आफ्नो जातीय भेषभूषा र परम्परागत पोशाकमा सहभागी बनेका थिए।
यसका साथै स्वास्तिक समाज बागौडाले नौ दिवसीय दुर्गापूजा पनि आयोजना गरिरहेको समाजका सचिव प्रताप थापाले जानकारी दिएका छन्।
हिन्दुस्थान समाचार / हनोक