शिशुहरूका खाद्य पदार्थमा चिनी मिसाउन प्रतिबन्ध लगाउने प्रस्ताव
भारतीय खाद्य सुरक्षा एवं मानक प्राधिकरण  के शिशुओं के जारी दिशा-निर्देश का चित्र


नयाँ दिल्ली, १७ अक्टोबर (हि.स.)। शिशुहरूको पोषण सुरक्षा सुदृढ गर्ने उद्देश्यले भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले छ महिनासम्मका शिशुका लागि तयार गरिने खाद्य पदार्थमा सुक्रोज र फ्रुक्टोज मिसाउन प्रतिबन्ध लगाउने प्रस्ताव गरेको छ।

प्राधिकरणले शनिबार सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिँदै खाद्य सुरक्षा तथा मानक (शिशु पोषणका लागि खाद्य पदार्थ) नियमावली, २०२० संशोधन गर्ने मस्यौदा सार्वजनिक गरिएको जनाएको छ।

प्रस्तावित संशोधनको मुख्य उद्देश्य शिशुलाई सानै उमेरमा थपिएको चिनीको सम्पर्कबाट जोगाउनु, उनीहरूको स्वास्थ्य सुरक्षित राख्नु र बाल्यावस्थामा हुने मोटोपनाको जोखिम घटाउनु हो। यससम्बन्धी मस्यौदा १६ अक्टोबरमा भारतको राजपत्रमा प्रकाशित गरिएको हो।

हालको नियमावलीले जन्मदेखि २४ महिनासम्मका बालबालिकाका लागि तयार गरिने विभिन्न प्रकारका पोषणयुक्त खाद्य पदार्थको पोषण संरचना, गुणस्तर र सुरक्षासम्बन्धी मापदण्ड निर्धारण गरेको छ।

विद्यमान प्रावधानअनुसार, ल्याक्टोज र ग्लुकोज पोलिमरलाई कार्बोहाइड्रेटका प्राथमिक स्रोत मानिएको छ। सुक्रोज वा फ्रुक्टोज भने कार्बोहाइड्रेटको स्रोतका रूपमा आवश्यक परेको अवस्थामा निर्धारित सीमाभित्र मात्र मिसाउन अनुमति छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande