
नयाँ दिल्ली, १७ अक्टोबर (हि.स.)। दिल्ली पुलिसले राष्ट्रिय कांग्रेसलाई आगामी १ नोभेम्बरमा रामलीला मैदानमा र्याली आयोजना गर्न अनुमति दिएको छ। यसका लागि पुलिसले अनापत्ति प्रमाणपत्रसमेत जारी गरेको छ।
मध्य दिल्लीका पुलिस उपायुक्त रोहित राजबीर सिंहका अनुसार, कांग्रेसले १ नोभेम्बरमा र्याली आयोजना गर्ने योजना बनाउँदै आवश्यक अनुमति प्राप्त गर्न पुलिससँग सम्पर्क गरेको थियो। निर्धारित प्रदर्शनस्थलमा कार्यक्रम सञ्चालन गर्न २५ अक्टोबरदेखि ३ नोभेम्बरसम्मका लागि अनापत्ति प्रमाणपत्र जारी गरिएको उनले बताए।
र्यालीका क्रममा शान्ति-सुरक्षा कायम राख्न, यातायात सुचारु गर्न तथा कार्यक्रम व्यवस्थित रूपमा सम्पन्न गराउन आवश्यक तयारी भइरहेको पुलिसले जनाएको छ। यसका लागि सम्बन्धित निकायहरूसँग समन्वय गरिनुका साथै आयोजकहरूसँग निरन्तर सम्पर्क राखिएको छ।
र्यालीमा ठूलो सङ्ख्यामा मानिसहरू सहभागी हुने सम्भावनालाई ध्यानमा राख्दै यातायात व्यवस्थापन र शान्ति-सुरक्षा सुनिश्चित गर्न विशेष व्यवस्था गरिने पुलिसले जनाएको छ।
हिन्दुस्थान समाचार / बिशाल