लोक जनशक्ति पार्टीले सिरमौरका राष्ट्रिय स्तरका शूटरलाई सम्मानित गऱ्यो
लोक जनशक्ति पार्टी सिरमौर ने सम्मानित किये राष्ट्रीय  स्तर के  सिरमौर के शूटर


नाहन, 21 अक्टोबर (हि.स.)। लोक जनशक्ति पार्टीले बुधवार पार्टीका पूर्व विधायक स्वर्गीय दयानन्द चौहानको जन्मजयन्तीको अवसरमा मेडिकल कलेज नाहनमा रक्तदान शिविरको आयोजना गऱ्यो। सोही समयमा राष्ट्रिय स्तरमा हिमाचल प्रदेशलाई गौरवान्वित गर्ने स्वर्ण पदक विजेता शुटरहरूलाई पार्टी कार्यालयमा सम्मानित पनि गरियो।

कार्यक्रममा तीनजना खेलाडीहरूलाई सम्मान जनााइयो। यसमा रञ्जित सिंह, अभिमन्यु चौहान, बिरेन्द्र गुलेरिया र राजेश परमार जस्ता खेलाडीहरू सामेल थिए। दलद्वारा खेलाडीहरूलाई पदक र 51 हजार रुपियाँ दिएर सम्मान गरिएको थियो भने उनीहरूको उपलब्धिहरूको प्रशंसा गरिएको थियो।

प्रदेश पार्टी अध्यक्ष नितिन चौहानले पूर्व विधायक स्वर्गीय दयानन्द चौहानको जन्मजयन्तीमा रक्तदान शिविर आयोजना गरी खेलकुदको क्षेत्रमा राज्यलाई गौरव दिलाउने शुटरहरूलाई सम्मान गरिएको बताए। उनले भने, नयाँ व्यक्तिहरू निरन्तर पार्टीमा सामेल भइरहेका छन् साथै सङ्गठन विस्तार भइरहेको छ।

यस अवसरमा बोल्दै पार्टीका राष्ट्रिय महासचिव विरेन्द्र विधुरीले भने, हिमाचल प्रदेशमा लोक जनशक्ति पार्टीको शक्ति निरन्तर बढ्दै गइरहेको छ। पार्टीले राज्यका सबै 68 वटा विधानसभा निर्वाचन क्षेत्रमा आफ्नो आधार विस्तार गर्ने प्रयास गरिरहेको छ। पार्टीले जनसेवा र जनहितको काम मार्फत जनतामा आफ्नो पहुँच बलियो बनाइरहेको उनले बताए।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande