खेतको किनारमा उभिएका युवकलाई थारले कुल्चिएपछि मृत्यु
प्रतीकात्मक छवि


नोएडा, 23 अक्टोबर (हि.स.)। उत्तर प्रदेशको नोएडामा थाना दादरी क्षेत्रमा एउटा थार जीपका चालकले द्रूत गतिमा वाहन हाँक्दै खेतको किनारमा उभिएका एकजना व्यक्तिलाई कुल्चियो। यस घटनामा घाइते युवकको उपचारका क्रममा मृत्यु भयो। घटनाको रिपोर्ट दर्ता गरी पुलिसले मामिलाको जाँच शुरू गरिरहेको छ।

दादरी पुलिस स्टेशनका प्रभारी इन्स्पेक्टर नीरज कुमार मिश्राले भने, योगेश भाटीले आज बिहान थानामा रिपोर्मेट दर्राता गराएका छन् कि मेरा 34 वर्षीय भाइ नभिन्दर सिंह घरबाट आफ्नो खेतमा गएका थिए। तिनी अजायबपुरदेखि कोट नाहर पुल तर्फ सड़कमा ओमपाल भाटी खेलको बाउण्ड्री नजिक सड़क किनारमा उभिएका थिए, सोही समय एउटा कालो रङ्गको थारले उसलाई ठक्कर दियो। ठक्करपछि तिनी उछिटिएर धेरै पर पुगे।

उनले अझ बताए अनुसार थारका चालक घटनास्थलबाट भाग्यो। घटनाको जानकारी पाएर उनी र उनका परिचितहरू घटनास्थलमा पुगे अनि नविद्रलाई उपचारको लागि अस्पतालमा भर्ना गराए। उनले भने, बाटोमा उपचारका लागि जाँदै गर्दा उनका भाइले उनलाई थार व्यक्तिले आफूलाई ठक्कर दिएको घटनाबारे बताए। अस्पतालमा उपचाररत् आफ्ना भाइको बिहीवार राती मृत्यु भएको उनले बताए। पीडितको उजुरीमा पुलिसले मुद्दा दर्ता गरी मामिलाको अनुसन्धान गरिरहेको छ।

/ बिशाल


 rajesh pande