असमको हाजोमा तेलको पाइपलाइन फाट्यो, काँचो तेल सङ्कलन गर्न खेतमा भीड़
Image of the people Gathering to Collect Crude Oil After Pipeline Burst in Assam's Hajo.


कामरूप (असम), 23 अक्टोबर (हि.स.)। असमको हाजो क्षेत्रमा तेल पाइपलाइन विस्फोट भएपछि गेरुआ गाउँका सयौँ मानिसहरू काँचो तेल सङ्कलन गर्न खेतमा पुगे। पाइपलाइनबाट निस्केको काँंचो तेल प्रचुर मात्रामा क्षेत्रमा फैलियो जसले कृषि भूमिलाई प्रभावित पारेको छ।

घटनापछि आज बिहान वरपरका क्षेत्रहरूबाट ठूलो सङ्ख्यामा मानिसहरू बाल्टी, क्यान र अन्य भाँड़ाहरू लिएर घटनास्थलमा पुगे। खेतमा फैलिएको काँचो तेल सङ्कलन गर्न मानिसहरूको भी जम्मा भयो।

पाइपलाइन फुटेको कारण यस क्षेत्रमा असामान्य अवस्था सिर्जना भएको छ। तर पाइपलाइन किन फुट्यो, क्षतिको परिमाण अनि तेल चुहावटलाई रोक्न सम्बन्धित अधिकारीहरूले चालेका कदमहरूको विवरण भने उपलब्ध हुन सकेको छैन।

--------

/ बिशाल


 rajesh pande