
कोलकाता, २४ अक्टोबर (हि.स.)। कोलकाताका पूर्व मेयर तथा कोलकाता पोर्टका विधायक फिरहाद हाकिमले आगामी नगरपालिका चुनाउ नलड्ने घोषणा गरेका छन्। उनले आफ्नो वर्तमान विधायक कार्यकाल २०३१ मा समाप्त भएपछि आफू र आफ्नो परिवारका कुनै पनि सदस्य राजनीतिमा सक्रिय नरहने स्पष्ट पारेका छन्।
पाँच पटक पार्षद, दुई पटक मेयर, चार पटक विधायक र दुई पटक मन्त्री भइसकेका हाकिमले आफ्नी छोरी प्रियदर्शिनी पनि आगामी चुनाउमा उम्मेदवार नबन्ने बताएका छन्।
कोलकाता नगर निगममा वित्तीय अनियमितता र अवैध नियुक्तिसम्बन्धी आरोपहरूबीच उनले यसअघि जून महिनामा मेयर पदबाट राजीनामा दिएका थिए। पछि उनी ऋतब्रत बनर्जी नेतृत्वको समूहमा सामेल भए र हाल डेमोक्रेटिक तृणमूल कांग्रेसका सदस्य छन्।
हाकिमले आफ्नो कार्यकाल रहुन्जेल जनताको सेवामा लागिरहने तर त्यसपछि राजनीतिबाट टाढिने बताएका छन्। विभिन्न कारणले आफ्नो परिवारलाई निशाना बनाइएको आशङ्काका कारण आफूहरू राजनीतिक प्रतिस्पर्धाबाट बाहिरिन चाहेको निकटवर्ती सूत्रहरूले जनाएका छन्।
हिन्दुस्थान समाचार / बिशाल