
कोलकाता, 25 अक्टोबर (हि.स.)। पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले कोजागरी लक्ष्मी पूजाको शुभ अवसरमा राज्यका बासिन्दाहरूलाई हार्दिक शुभकामना दिएका छन्। उनले आइतवार बिहान सामाजिक सञ्जालमा जारी सन्देशमा माँ लक्ष्मीसित सबैको सुख, शान्ति, समृद्धि र सौभाग्यको कामना गरे।
मुख्यमन्त्रीले आफ्नो सन्देशमा लेखे, पवित्र 'श्री श्री कोजागरी लक्ष्मी पूजाको शुभ अवसरमा सबैलाई हार्दिक बधाई अनि शुभकामना। माता लक्ष्मीको आशीर्वादले सबैको जीवन सुख, शान्ति, समृद्धि र सौभाग्यले परिपूर्ण होस्। उनले आफ्नो सन्देशको समापन जय माँ लक्ष्मी को उद्घोषसँगै गरे।
उल्लेखनीय छ, पश्चिम बङ्गालमा कोजागरी लक्ष्मी पूजाको विशेष धार्मिक औ सांस्कृतिक महत्त्व रहेको छ। अश्विन महिनाको पूर्णिमामा मनाइने यस पर्वमा घर-घरमा माँ लक्ष्मीको पूजा गरिन्छ। श्रद्धालुहरूले आफ्नो घरको साफ-सफाई गरेर पूजास्थललाई सजाउँछन् अनि बत्ती जलाएर धन, सुख, समृद्धि र परिवारको खुशियालीको कामना गर्छन्।
बङ्गालमा कोजागरीको राती माँ लक्ष्मीको पूजा गर्ने तथा रात्रि जागरण गर्ने परम्परा प्रचलित छ। धार्मिक मान्यता छ, यस रात देवी लक्ष्मीले पृथ्वीभरि यात्रा गर्छन् र आफ्ना भक्तहरूलाई आशीर्वाद दिन्छन्। यस अवसरमा केही परिवारहरूमा विशेष पूजा-अर्चना, मन्त्र जाप र धार्मिक अनुष्ठानहरू आयोजना गरिन्छ।
--------
/ बिशाल