
सिलगढ़ी, 25 अक्टोबर (हि.स.)। सिलगढ़ीको आशिघर मोड़ नजिकैको बदुरबगान क्षेत्रमा आइतबार भोर बिहान आगलागी भएपछि उक्त क्षेत्रमा आतङ्क फैलियो। घटनामा दुई वटा कार पूर्ण रूपमा जलेको नष्ट भयो भने नजिकैको घरको एक भागमा पनि आगोको चपेटमा पऱ्यो। तथापि घटना हुँदा दुवै वाहनमा कोही पनि थिएनन् जसकारण कुनै पनि प्रकारको मानवीय क्षति भएको खबर प्राप्त भएको छैन।
स्थानीय सूत्र अनुसार घर अगाडि पार्क गरेर राखिएका दुई वटा कारमा भोर बिहान अचानक आगलागी भयो। हेर्दा-हेर्दै आगो द्रूत गतिमा फैलियो जसले गर्दा वरपरका मानिसहरूमा आतङ्क फैलियो। सूचना पाएर अग्निशमन विभागको एउटा वाहन घटनास्थलमा पुग्यो अनि दमकलकर्मीहरूले कड़ा परिश्रम गरेर आगोलाई निभाए। तर त्यतिञ्जेलसम्ममा दुवै वाहन जलेर नष्ट भइसकेको थियो भने घर पनि आंशिक रूपमा क्षतिग्रस्त भएको छ। आगलागीको वास्तविक कारण अहिलेसम्म थाहा हुन सकेको छैन। यस सम्बन्धमा आशिघर पुलिस स्टेशनमा लिखित उजुरी दर्ता गरिएको छ। पुलिसले घटनाको अनुसन्धान शुरु गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा