कोकराझार पुलिसले जङ्गलबाट एनएसएलएको हतियार र गोलाबारुद जफत गऱ्यो
The Illustration shared by Assam CM Dr Himanta Biswa.


गुवाहाटी, 25 अक्टोबर (हि.स.)। असममा उग्रवादको समस्यालाई पूर्ण रूपमा उन्मूलन गर्ने उद्देश्यले पुलिसको कारबाही निरन्तर जारी छ। यसै क्रममा कोकराझार पुलिसले एक गुप्त सूचनाको आधारमा मतिझोराको घना जङ्गलमा अभियान सञ्चालन गरी राष्ट्रिय सन्थाल लिबरेशन आर्मी (एनएसएलए)- ले लुकाएर राखेको हतियार अनि गोलाबारुद बरामद गऱ्यो।

असमका मुख्यमन्त्री डा. हिमन्ता विश्व सरमाले बितेको राती मिडिया पोस्टको माध्यमबाट उक्त आशयको जानकरी साझा गरे। उनले बताए, गुप्तचर सूचनाको आधारमा पुलिसले जङ्गलमा अभियान सञ्चालन गरी हतियार र गोलाबारुदको बारेमा पत्तो लगायो।

मुख्यमन्त्रीले यस कारबाहीलाई असममा स्थायी शान्ति स्थापना गर्ने दिशामा महत्वपूर्ण सफलता बताए। बोडोल्याण़्ड टेरिटोरियल रिजन (बीटीआर) मा शान्ति एवं सुरक्षा सुनिश्चित गर्नु राज्य सरकारको प्रमुख प्राथमिकताहरूमध्ये एक रहेको उनले बताए।

राज्य सरकार उग्रवादलाई पूर्ण रूपमा अन्त्य गर्न र यस क्षेत्रमा स्थायी शान्ति एवं सुरक्षा कायम गर्न प्रतिबद्ध छ।

--------

/ बिशाल


 rajesh pande