मेखलीगञ्ज सीमामा ढुङ्गा-बालुवा खननलाई लिएर तनाउ, बीएसएफको कारबाहीपछि मानिसहरू पछि हटे
काल्पनिक फोटो


कुचबिहार, 25 अक्टोबर (हि.स.)। जिल्लाको मेखलीगञ्ज उपमण्डलमा रहेको भारत-बङ्गलादेश सीमामा गए शनिवार बालुवा र ढुङ्गा निकाल्नेलाई लिएर स्थिति तनाउपूर्ण भयो। सानियाजान नदीको सीमावर्ती क्षेत्रमा भएको घटना अवधि सीमा सुरक्षा बल (बीएसएफ) र स्थानीयहरूमाझ झड़प तथा ढुङ्गा-मुड़ा भएको खबर सार्वजनिक भएको थियो। घटनापछि आइतवार सतर्कतालाई अझ बढ़ाइएको छ।

स्थानीय सूत्र अनुसार बीएसएफका जवानहरूले नदीबाट बालुवा र ढुङ्गा निकाल्नदेखि मानिसहरूलाई रोक्ने प्रयास गरेका थिए। त्यसपछि केही मानिसहरू लौरो र ढुङ्गा लिएर जवानहरूको अगाडि आएको आरोप लगाइएको छ। स्थितिलाई नियन्त्रण गर्न बीएसएफले स्टन ग्रेनेड वा साउण्ड ग्रेनेड प्रयोग गरेको खबर छ। तथापि यस घटनालाई लिएर दुई देशका सीमा सुरक्षा एजेन्सीहरूको दाबीमा भिन्नता छ।

बङ्गलादेशको सीमा रक्षक बल (बीजीबी)- ले आरोप लगाएको छ, बीएसएफका जवानहरूले सीमा पार गरेर बङ्गलादेशी इलाकामा साउण्ड ग्रेनेड प्रयोग गरे। बीजीबी अनुसार यस मामिलामा बीएसएफ समक्ष औपचारिक विरोध पनि दर्ता गरियो। यता बीएसएफले सीमा पार गरेको र ग्रेनेड प्रहार गरेको आरोपलाई अस्वीकार गरेको छ। रिपोर्ट अनुसार घटनामा कुनै पनि प्रकारकोक जनहानि भएको छैन। घटनापछि सीमा क्षेत्रमा सतर्कता बढा़इएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande