
मेदिनीपुर, 25 अक्टोबर (हि.स.)। पूर्व र पश्चिम मेदिनीपुर जिल्लामा कोजागरी लक्ष्मी पूजाको तयारी तीव्र भएको छ। घर-घरमा हुने पूजाका लागि बजारमा फूलहरूको किनमेल बढ़ेको छ। यसपालि फूलहरूको राम्रो उत्पादन तथा पर्याप्त आपूर्तिका कारण यसको मूल्य आम जनताको पहुँचमा रहेको छ। यसले मध्यमवर्गीय परिवारलाई राहत दिएको छ भने अर्कोतिर फूल बेचेर किसान पनि सन्तुष्ट भएका छन्। अर्कोतर्फ, माटोको मूल्यमा भएको तीव्र वृद्धि र काँचो मालको अभावले लक्ष्मी मूर्ति बनाउने कुम्हालेहरूको समस्या बढाएको छ।
जिल्लाका कोलाघाट, देउलटी र केशापाट सहित विभिन्न फूल बजारहरूमा शनिवार मानिसहरूको व्यापक चहल-पहल देखियो। कमल, सयपत्री, रजनीगन्धा, गुलाब एनं अपराजिता सहित विभिन्न प्रकारका फूलहरू बजारमा पर्याप्त मात्रामा उपलब्ध छन्।
बङ्गाल फुल उत्पादक तथा फूल व्यवसायी समितिका महासचिव नारायणचन्द्र नायक अनुसार यस वर्ष फूलको खेती हुने ठाउँहरूमा ठूलो बाढ़ी नपाएको कारणले उत्पादन राम्रो भएको छ। बजारमा पर्याप्त आपूर्ति भएकाले मूल्य पनि नियन्त्रणमा छ।
फूल व्यापारी अनुसार कोलाघाट र देउलटीका बजारहरूमा कमल 10 देखि 12 रुपियाँमा बिक्री भइरहेको छ। रजनीगन्धाका स-साना फूलहरूको मूल्य करिब 400 रुपियाँ प्रतिकिलो छ भने 24 वटा डाँठको गुच्छाको मूल्य 250 रुपियाँ छ। एउटा गुलाबको मूल्य साढ़े तीन रुपियाँ रहेको छ। अपराजिता 60 देखि 70 रुपियाँ अनि दोपाटी 40 देखि 50 रुपियाँ प्रतिकिलोमा बिक्री भइरहेको छ। सानो रातो सयपत्री फूल 60 देखि 70 रुपियाँ प्रतिकिलो र बसन्ती सयपत्री 100-देखि 120 रुपियाँ प्रतिकिलो बिक्री भइरहेको छ। तीन फुट रातो सयपत्रीको माला 10 देखि 12 रुपियाँ र बसन्ती सयपत्रीको माला 15 देखि 18 रुपियाँमा उपलब्ध छ।
यद्यपि फूल बजारमा राहत देखिए पनि माता लक्ष्मीको प्रतिमा बनाउने कुम्हालेहरूले काँचो माटोको ठूलो अभावको सामना गरिरहेका छन्। मेदिनीपुर शहरको खयरुल्लाचक क्षेत्रका कलाकारहरू अनुसार मूर्ति बनाउन मुख्यतया डायमण्ड हार्बर र दक्षिण 24 परगनाका विभिन्न क्षेत्रहरूबाट माटो मगाउनुपर्छ। गत वर्ष माटोको एक गाड़ी माटोको मूल्य करिब 25 हजार रुपियाँ थियो जुन यसपालि बढेर 50 देखि 60 हजार रुपैियाँ पुगेको छ। तथापि पर्याप्त माटो पाइरहेको छैन।
कलाकार अनुभव दासले भने, पहिला उनले 500 भन्दा बढी साँचाबाट लक्ष्मीको मूर्ति बनाउँथे, तर यस पटक उत्पादन घटाउनु परेको छ। साना मूर्तिहरूको थोक मूल्य जुन गत वर्ष 90 देखि 110 रुपियाँ थियो, यस पटक बढेर 150 देखि 160 रुपियाँ पुगेको छ। कलाकार अरुणिमा पालले पनि माटोको अभावको कारण विगतका वर्षहरूको तुलनामा यस वर्ष धेरै कम मूर्तिहरू बनाउन सकिन्। यसले उनीहरूको आयमा प्रभाव पार्ने सम्भावना छ। माटाका दियोहरू बनाउने कलाकारहरू यस पनि सङ्कटबाट प्रभावित छन्।
--------
/ बिशाल