
नयाँ दिल्ली, २५ अक्टोबर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीको मासिक रेडियो कार्यक्रम ‘मन की बात’ ले १२ वर्ष पूरा गरेको छ। १२ वर्षअघि विजयादशमीको अवसरमा उनले रेडियोलाई जनतासँग संवाद गर्ने माध्यमका रूपमा रोजेका थिए। प्रधानमन्त्रीले यी वर्षहरूमा आफूले गरेको संवाद यात्रालाई जनताका प्रयासहरू बुझ्ने तीर्थयात्रा बताएका छन्।
‘मन की बात’ को १३९औँ शृङ्खलामा प्रधानमन्त्री मोदीले आज भने, “मेरा लागि ‘मन की बात’ कुनै तीर्थयात्राभन्दा कम छैन। यो हाम्रा जनताका प्रयासहरूलाई गहिराइमा बुझ्ने र उनीहरूको योगदानप्रति सम्मान व्यक्त गर्ने यात्रा हो।”
उल्लेखनीय छ, प्रधानमन्त्रीले प्रत्येक महिनाको अन्तिम आइतबार रेडियोमार्फत जनतासँग संवाद गर्छन्। यस कार्यक्रममा उनले समाजमा उत्कृष्ट काम गर्ने व्यक्तिहरूका प्रयास तथा जनसहभागितामार्फत भएका सकारात्मक पहलहरूलाई समेट्ने गर्छन्।
/ बिशाल