देशका छोरीहरूले कड़ा परिश्रम गरेर आफ्नो खुट्टामा उभिउन्ः स्क्वाड्रन लिडर अङ्किता सिंह
स्क्वाड्रन लीडर अंकिता सिंह


वाराणसी, 25 अक्टोबर (हि.स.)। वाराणसीमा मेगा एयर शोको तेस्रो तथा अन्तिम दिन महिला पाइलट स्क्वाड्रन लिडर अङ्किता सिंहले देशका छोरीहरूलाई कड़ा परिश्रम गरेर आफ्नो खुट्टामा उभिने अपिल गरिन्। स्क्वाड्रन लिडर अङ्किता सिंहले भनिन्, प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना देशका छोरीहरूलाई अगाडि बढ़ाउन चाहन्छन्। यस्तो अवस्थामा देशका छोरीहरूले पनि कड़ा परिश्रम गरेर आफ्नो लक्ष्य हासिल गर्नुपर्छ। छोरीहरू आफ्नो खुट्टामा दृढतापूर्वक उभिनुपर्छ।

महिला पाइलट अङ्किता सिंहले भनिन्, एयर शोमा जुन सारङ्ग हेलिकप्ट देखिँदैछ, त्यसमा स्वदेशी एएलएच ध्रुव हेलिकप्टरहरूको प्रयोग भइरहेको छ।। पाँचमध्ये दुई वटा हेलिकप्टरमा महिला पाइलट तैनाथ छन्। यो एयर शोको लागि सारङ्ग टीमले कडा मेहनत गरेको छ। त्यसैले उनीहरूले यहाँ आकाशमा समन्वयका साथमा एयर शो गर्न सकिरहेका छन्। लामो रिहर्सलपछि हामी दर्शकहरूलााई शो देखाउनको लागि तयार भएका छौं।

अङ्किता सिंहले भनिन्, भारतीय वायु सेवामा सिपाहीहरूलाई एक ठाउँबाट अर्को ठाउँमा पुऱ्याउनको लागि हेलिकप्टरहरूलाई प्रयोग गरिन्छ। यसको लागि हेलिकप्टर उडाउने अभ्यास निरन्तर जारी रहन्छ। वाराणसीमा भएको एयर शो उनका लागि एउटा स्मरणीय क्षण हो। यहाँका मानिसहरूलाई भेट्न पाउँदा उनी निकै खुशी छन्।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande