
कोलकाता, 25 अक्टोबर (हि.स.)। आइतवार पश्चिम बङ्गालमा मौसम मुख्यतया सुख्खा रहने अनुमान गरिएको छ। मौसम विभागको पूर्वानुमान अनुसार आज राज्यका अधिकांश भागमा वर्षा हुने सम्भावना कमै छ। तर बङ्गालको खाड़ीमा विकसित निम्न चाप क्षेत्रको प्रभावले आगामी केही दिनमा मौसमको ढाँचा परिवर्तन हुन सक्छ। अक्टोबर 27- देखि दक्षिण बङ्गालका विभिन्न भागहरूमा मेघ गर्जनसितै वर्षा तथा आँधीबेहरी आउने सम्भावना छ।
हावड़ा, हुगली, पूर्व मेदिनीपुर र राजधानी कोलकाता सहित मेदिनीपुर, झारग्राम, बाँकुड़ा एवं पुरुलियामा आज मौसम सामान्यतया सुख्खा रहने अनुमान गरिएको छ। आकाश मुख्यतया सफा रहने र केही क्षेत्रमा आंशिक बादल रहने छ। दिउँसो आद्रतापूर्ण गर्मी महसूस हुनसक्छ। कोलकाता र छेउछाउका क्षेत्रहरूमा अधिकतम तापक्रम 31-32 डिग्री सेल्सियस अनि न्यूनतम 22-24 डिग्री सेल्सियस लगभग रहनसक्छ।
मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आगामी 27 अक्टोबरदेखि दक्षिण बङ्गालमा मौसम परिवर्तन हुन सक्छ। कोलकाता लगायत गङ्गाका मैदानी भागहरूमा आँधीबेहरी र मेघ गर्जनसितै वर्षा हुने सम्भावना छ। आगामी 28 र 29 अक्टोबरमा केही ठाउँमा भारी वर्षा हुन सक्छ। तटीय जिल्लाहरूमा पनि तीव्र झोंकादार हावा चल्ने पूर्वानुमान व्यक्त गरिएको छ।
उत्तर बङ्गालका दार्जीलिङ, कालेबुङ, जलपाईगुडी, अलिपुरद्वार, कुचबिहार, उत्तर एवं दक्षिण दिनाजपुर तथा मालदामा आइतवार सामान्य मौसम रहने सम्भावना छ। तर उत्तर बङ्गालका केही भागहरूमा अक्टोबर 29 देखि 31 सम्म भारी वर्षा हुन सक्छ। पाहाड़ी तथा तल्लो क्षेत्रमा मौसमको अवस्थामाथि निगरानी राख्न आवश्यक छ।
बङ्गालको खाडीमा सक्रिय मौसम प्रणालीका कारण आगामी दिनमा वर्षा र हावाको गति बढ्न सक्छ। माछा मार्नेहरूलाई समुद्रमा जाँदा सावधानी अप्नाउन सल्लाह दिइएको छ। मौसम विभागको पछिल्लो पूर्वानुमान अनि स्थानीय प्रशासनबाट प्राप्त सूचनामा ध्यान दिन पनि मानिसहरूलाई अपील गरिएको छ।
--------
/ बिशाल