वरिष्ठ पत्रकार एवं साहित्यकार विजय बान्तवाको निधनप्रति हार्दिक श्रद्धाञ्जली
Citizen action party- CAP


गान्तोक, 29 अक्टोबर (हि.स.)। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमले नेपाली साहित्य, पत्रकारिता तथा सामाजिक चेतनाको विकासमा उल्लेखनीय योगदान पुर्‍याएका वरिष्ठ पत्रकार एवं साहित्यकार विजय बान्तवाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ।

सीएपा अध्यक्ष गणेश के. राईले स्वर्गीय पत्रकार बान्तवाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजन, आफन्त, मित्र तथा शुभचिन्तकहरूप्रति हार्दिक समवेदना प्रकट गरेका छन्। उनले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकको यस कठिन घडीमा परिवारजनलाई धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भनी प्रार्थना गरेका छन्।

सीएपीले आज जारी प्रेस विज्ञप्तिमा भनेको छ, स्वर्गीय बान्तवाले सिक्किममा नेपाली पत्रकारिता, साहित्य, भाषा तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनमा पुर्‍याउनुभएको योगदान सदैव स्मरणीय रहनेछ। उहाँको लेखन, विचार र सामाजिक चेतनाप्रतिको प्रतिबद्धताले नेपाली भाषा-साहित्यको क्षेत्रमा महत्वपूर्ण छाप छोडेको छ। उहाँको निधनले सिक्किमको साहित्यिक, पत्रकारितामूलक तथा बौद्धिक क्षेत्रमा अपूरणीय क्षति पुगेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande