
कोलकाता, 29 अक्टोबर (हि.स.)। काली पूजा र दीपावलीको पर्वअघि बजारमा पटाखाहरूसँगसँगै स्काई लालटेन (फानुस)-को बिक्री प्रचुर मात्रामा हुन्छ। प्रायः मानिसहरू आफ्नो छत वा सड़कमा उभिएर लालटेनहरू निर्विरूद्ध रूपमा उडाउँछन्, तर यसपालि राज्य प्रशासनले कड़ा कदम उठाएको छ। राज्यका पुलिस महानिर्देशक (डीजीपी) सिद्धार्थ गुप्ताले बुधवार स्पष्ट पारे, अब लालटेन वा एयर बेलुनको प्रयोगलाई लिएर कड़ा नियमहरू पालना गर्नुपर्छ। उचित अनुमति तथा लाइसेन्स बिना जताततै स्काई लालटेन उड़ाउन प्रतिबन्ध रहनेछ। उनले बताए, अनियन्6ित ढङ्गमा स्काई लालटेन उड़ाएको कारणले आगलागी जस्ता गम्भीर दुर्घटनाहरू हुन्छन्, त्यसैले यी दुर्घटनाहरूलाई रोक्नका लागि नियमहरूलाई कड़ाईको साथमा पालना गर्नु अनिवार्य छ।
राज्यमा काली पूजाको तयारी एवं कानुन व्यवस्थालाई लिएर पुलिस तथा प्रशासनको एक उच्चस्तरीय बैठक सम्पन्न भयो जसपश्चात राज्य सचिवालय नवान्नाको सभागारमा एक संयुक्त पत्रकार सम्मेलन आयोजना गरियो जसमा राज्यका गृहसचिव सङ्घमित्रा घोषले 'ग्रिन क्र्याकर'- को प्रयोगमा विशेष जोड़ दिइन्। उनले स्पष्ट निर्देश दिइन्, अस्पताल, विद्यालय, कलेज एवं वृद्धाश्रम जस्ता 'साइलेन्ट जोन'- को 100 मिटरभित्र पटाका पड़्काउन हुँदैन। यी क्षेत्रहरूमा पूर्ण शान्ति कायम राख्नुपर्छ। प्रशासनले बजारमा बिक्री हुने पटाखाहरूमाथि कडा नजर राख्नेछ।
मानिसहरूलाई मार्मिक अपील गर्दै उनले भनिन्, हाम्रो खुशी अन्य कसैको दुःखको कारण नबनोस्। गृह सचिवको मान्यता छ, प्रशासनको कड़ाईभन्दा बढी जनताको चेतना आवश्यक छ, त्यसैले पटाखाको सुरक्षित प्रयोगको बारेमा जनचेतना बढाउन जोड़ दिइँदैछ।
गृहसचिवले काली पूजाको समयमा कुनै पनि अप्रिय परिस्थितिको सामना गर्न वा गुनासोहरूको द्रुत निवारणका लागि विशेष 'नियन्त्रण कक्ष' शुरु गर्ने पनि घोषणा गरिन्। यदि सर्वसाधारणलाई अवैध वा प्रतिबन्धित पटाखा सम्बन्धी कुनै गुनासो छ भने, तिनीहरूले तुरुन्तै नियन्त्रण कक्षमा रिपोर्ट गर्न सक्छन्। प्रशासनले प्रतिबन्धित र चर्को आवाजमा आतिशबाजीविरुद्ध आफ्नो अभियान जारी राख्नेछ। चाड़पर्वको दिन पनि पुलिस-प्रशासन पूर्ण रूपमा तयार रहनेछ र सड़कमा निरन्तर गस्ती रहनेछ।
मौन क्षेत्रहरूमा नियमहरू कड़ाइको साथमा पालना गरिने अनि सुरक्षित एवं शान्तिपूर्ण चाड़पर्व सुनिश्चित गर्न आम जनता पहिला सचेत हुनु नितान्त आवश्यक रहेको प्रशासनले स्पष्ट पारेको छ।
--------
/ बिशाल