
गान्तोक, २९ अक्टोबर (हि.स.)। राष्ट्रिय राजमार्ग तथा पूर्वाधार विकास निगम लिमिटेड (एनएचआईडीसीएल) ले आपतकालीन सडक मर्मत कार्यका लागि राष्ट्रिय राजमार्ग १० अन्तर्गत रम्फू र रानीपुलबीच पर्ने २० माइलमा २९ अक्टोबरदेखि ४ नोभेम्बर, २०२६ सम्म यातायात बन्द रहने जानकारी गराएको छ।
यस अवधिमा प्रत्येक दिन राति ९ बजीदेखि बिहान ५ बजीसम्म सवारीसाधनको आवागमन प्रतिबन्धित रहनेछ। यस समयमा हलुका वाहनले रम्फू-डुगा-पान्दम-सिङ्ताम अथवा मामरिङ-नामथाङ-सिङ्ताम-गान्तोक मार्ग प्रयोग गर्न सक्नेछन्। त्यसैगरी, सबै प्रकारका सवारीसाधनले रम्फू-रोडाथाङ-पाकिम-गान्तोक मार्ग प्रयोग गर्न सक्नेछन्।
उक्त प्रतिबन्ध संशोधन वा फिर्ता नलिएसम्म जारी रहने एनएचआईडीसीएलले बताएको छ। सम्बन्धित निकायले यात्रु तथा सवारीचालकहरूलाई असुविधाबाट बच्न आफ्नो यात्राको योजना सोहीअनुसार बनाउन र तोकिएका वैकल्पिक मार्गहरू प्रयोग गर्न आग्रह गरेको छ।
हिन्दुस्थान समाचार / बिशाल