पूजा सीजनमा पर्यटकहरूलाई उपहार, दार्जीलिङ टोय ट्रेन थप 6 वटा जोयराइड शुरु गर्ने तयार
पूजा सीजनमा पर्यटकहरूलाई उपहार, दार्जीलिङ टोय ट्रेन थप 6 वटा जोयराइड शुरु गर्ने तयार


सिलगढ़ी, ०3 अक्टोबर (हि.स.)। दुर्गा पूजाको समयमा पहाड़मा बढ्दो पर्यटकहरूको आगमनलाई ध्यानमा राख्दै दार्जीलिङ हिमालयन रेलवे (डीएचआर) ले थप 6 वटा जोय राइड सञ्चालन गर्ने घोषणा गरेको छ। यस पहलको उद्देश्य पर्यटकहरूलाई टोय ट्रनबाट पहाड़को सुन्दरताको आनन्द लिने अधिक अवसर दिनु अनि टिकटहरूको पर्याप्त उपलब्धता प्रदर्शित गर्नु हो।

उत्तर-पूर्वी फ्रन्टियर रेलवेका प्रमुख जनसम्पर्क अधिकारी कपिञ्जल किशोर शर्माले शनिवार एक कार्यक्रममा बताए, नयाँ सेवा अन्तर्गत दार्जीलिङ र घुम स्टेशनबिच डिजल इञ्जिनद्वारा सञ्चालित चार राउण्ड ट्रिप जोय राइड गराउने योजना रहेको छ। यसको लागि प्रस्तावित भाडा आठ सय रुपियाँ राखिएको छ।

यता खरसाङ एवं महानदीबीच दुईवटा विशेष राउण्ड ट्रिपहरू शुरु गरिनेछ। तीमध्ये पहिलो स्टीम इञ्जिनले चल्ने जोय राइड 'रेड पाण्डा' बिहान 9 बजे खरसाङबाट प्रस्थान भएर बिहान 10 बजे महानदीबाट फर्किनेछ। भाड़ा 1,530 रुपियाँ तय गरिएको छ।

अर्कोतर्फ डिजन इञ्जिनबाट सञ्चालित ‘मुक्त धारा’ जोय राइड अपरान्ह 3:15 बजे खरसाङबाट प्रस्थान भएर सांझ 4 बजे महानदीदेखि फर्किनेछ। यसको भाड़ा 1.030 रुपियाँ हुनेछ।

यता अतिरिक्त जोय राइडको सञ्चालनसँगसँगै रेलवेले ट्रेन चालकहरूको अभावलाई समाधान गर्ने दिशामा पनि कदम उठाएको छ। वर्तमानमा टोय ट्रेनका विभिन्न सेवाहरू, सात वटा जोय राइड तथा जङ्गल सफाली सहित अन्य परिचालन जिम्मेवारीहरू 70 जना चालकहरूले सम्हालिरहेका छन्।

रेलवे अनुसार डिजल इञ्जिन-सञ्चालित जोय राइडको लागि दुई जना चालक चाहिन्छ भने स्टीम इञ्जिनन-सञ्चालित जोय राइडको लागि चार जना चालक चाहिन्छ। यस्तो अवस्थामा कर्मचारीहरूमाथि थप दबाब नपरोस् भन्ने उद्देश्यले यसको लागि न्यूनतम 15 जना नयाँ चालकहरूको भर्ती प्रक्रिया शुरु गरिएको छ।

डीएचआरका निर्देशक ऋषभ चौधरीले बताए, आगामी एकदेखि डेढ महिनाभित्रमा नयाँ चालक भर्ती प्रक्रिया सम्पन्न हुने अपेक्षा गरिएको छ। अतिरिक्त जोय राइड र नयाँ चालकहरूको नियुक्तिले पूजाको समयमा पहाडी पर्यटनले प्रोत्साहन पाउने आशा छ।

/ बिशाल


 rajesh pande