मणिपुरमा संदिग्ध हेरोइन र चोरीको स्कुटी सहित युवक पक्राउ
The image shared by Manipur Police.


थौबल (मणिपुर), 04 अक्टोबर (हि.स.)। थौबल कमाण्डो यूनिटको एक टीमले आइतवार अभियान सञ्चालन गरी एकजना मानिसलाई पक्राउ गऱ्यो। उसको कब्जाबाट संदिग्ध हेरोइन पाउडर र चोरीको एउटा होण्डा एक्टिभा स्कुटी जफत गरियो।

पक्रा पर्ने व्यक्तिको पहिचान अब्दुल रियास रहमान उपनाम फुण्डेमयुम बोबो (32) को रूपमा भएको छ जो थौबल जिल्लाको थौबल थाना अन्तर्गत साङ्गाइय़ुम्फाम पार्ट-1 , पलेइपोकपी निवासी मोहम्मद गफार खानको छोरा हो।

पुलिस अनुसार कमाण्डो यूनिटको टीमले अभियानको क्रममा एउटा साबुनदानी जफत गऱ्यो जसमा सदिग्ध हेरोइन पाउडर राखिएको थियो। यस अतिरिक्त चोरी भएको होण्डा एक्टिभालाई पनि जफत गरियो।

पक्रा परेको व्यक्ति र जफत गरिएका सामानहरू थप आवश्यक कानुनी कारबाहीको लागि थौबल पुलिस थानामा हस्तान्तरण गरिएको छ। मामिलाको अनुसन्धान भइरहेको छ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande