
हावडा, 04 अक्टोबर (हि.स.)। रोटरी क्लबको बेलुर बाल विकास केन्द्रको वार्षिकोत्सव समारोह मलय मञ्च, लिलुआमा आयोजना गरिएको थियो। कार्यक्रममा रोटरी क्लब बेलुरका अध्यक्ष सुरेश खुनेताले केन्द्रले गरेको कामको प्रशंसा गर्दै केन्द्रका बाल-बालिकाहरूले भविष्यमा आत्मनिर्भर बन्ने दिशामा कदम चाल्ने आशा व्यक्त गरे। बेलुरको रोटरी क्लबको तर्फबाट उनले केन्द्रलाई सबै सम्भव सहयोग गर्ने आश्वासन दिए।
केन्द्रका अध्यक्ष शिवकुमार लोहियाले बताए, विगत 27 वर्षदेखि केन्द्रले विशेष बाल-बालिकाहरूको शिक्षाको क्षेत्रमा यस केन्द्रले पूर्ण सेवा दिँदै आइरहेको छ। बताए। उनले भने, यस वर्ष केन्द्रमा संवेदी प्रशिक्षण र एकीकरणका लागि छुट्टै विभाग खोलिएको छ जसमा नयाँ-नयाँ उपकरणहरूयुक्त विशेष पद्धतिले बच्चाहरूलाई शरीरका पाँच वटा इन्द्रियहरू (दृष्टि, श्रवण, स्पर्श, स्वाद र गन्ध) तथा आन्तरिक संवेदनहरू राम्रोसँग बुझ्न र प्रयोग गर्न अभ्यास गराइन्छ। उनले बताए, केन्द्रमा प्रत्येक बाल-बालिकाको विकासमाथि निरन्तर निगरानी राखिन्छ भने समय-समयमा आमा-बुवाहरूसँग बैठक गरेर बच्चाहरूको विकासको मूल्याङ्कन गरिन्छ। उनले भने, यी विशेष बाल-बालिकाहरूले हामीलाई सिकाउँछन् कि मानिसमा अतुलनीय शक्ति छ र त्यो शक्ति प्रयोग गरेर हामी कठिन परिस्थितिहरूदेखि पार पाउन सक्छौँ।
एमसी केजरीवाल विद्यापीठका प्रिन्सिपल विश्वजीत मजुमदारले केन्द्रको कामप्रति सन्तुष्टि व्यक्त गरे। उनले भने, सामान्य र विशेष बाल-बालिकाहरूको शिक्षालाई मिलाएर शिक्षालाई समावेशी बनाउने आजको समयको माग हो।
समारोहका मुख्य अतिथि रोटरी जिल्ला 3291- का नवनिर्वाचित जिल्ला गभर्नर पूर्णेन्दु रोय चौधरीले भने, अत्यन्त हर्षको विषय हो कि रोटरी जिल्ला 3291- मा यस किसिमको प्रकल्प रोटरी क्लब बेलुरले सञ्चालन गरिरहेको छ। यस केन्द्रमा शिक्षामा विशेषज्ञ शिक्षकहरूले प्रमुख भूमिका खेल्छन्। मलाई आशा छ , यो केन्द्रले अझ प्रगति गर्नेछ र बाल-बालिकाहरू आ-आफ्नो क्षेत्रमा सफल हुनेछन्।
सचिव नरेन्द्र प्रसाद गुप्ता र कोषाध्यक्ष किशन केजरीवालले मेधावी विद्यार्थीहरूलाई केन्द्रको पक्षबाट पुरस्कृत गरे। केन्द्रका दुई विशेष शिक्षक पूर्णिमा डे र चैताली यादवलाई 25 वर्षको सेवाका लागि पुरस्कृत गरियो। केन्द्रका तीन स्वयंसेवक शिप्रा चक्रवर्ती, रूपा रोय चौधरी र नवनीत वल्लभलाई पनि सम्मान गरियो। कार्यक्रममा अभिभावक प्रतिनिधि शिखा साहाले केन्द्रमा भइरहेको तालिमबाट बाल-बालिकामा निकै सुधार भइरहेको र अभिभावकहरू निकै सन्तुष्ट र खुसी रहेको बताइन्। नवीन खण्डेलवालले कार्यक्रम सञ्चालन गरेका थिए।
यस अवसरमा केन्द्रका बाल-बालिकाहरूले रङ्गारङ्ग सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरे जसमा तबला बजाउने मेलोडी, दुर्गेश नन्दिनी र अन्य थिए। यस अवसरमा स्वाति मल्होत्रा, आनन्द अग्रवाल, शङ्कर रामलिङ्गम, सन्तोष मोहता, अजय खन्ना र अन्य गण्यमान्य व्यक्तिहरू उपस्थित थिए।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा