
कोलकाता, 04 अक्टोबर (हि.स.)। पश्चिम बङ्गाल सरकारले राज्यको समृद्ध धरोहर तथा संस्कृतिलाई वैश्विक पटलमा पहिचान दिलाउनको लागि धरोहर र संस्कृतिमाथि आधारित पर्यटन शुरु गर्ने योजना बनाइरहेको छ। संस्कार भारती (पश्चिम बङ्गाल), भारतीय सांस्कृतिक सम्बन्ध परिषद् एवं मौलाना अबुल कलाम आजाद इन्स्टिट्यूट अफ एशियन स्टडीजको संयुक्त तत्वावधानमा आइतवार कोलकाताको सत्यजित रे अडिटोरियममा एक भव्य कार्यक्रम आयोजना गरियो।
'बन्दे मातरम' -ले 150 वर्ष पूरा गरेको उपलक्ष्यमा आयोजित त्व हि दुर्गा दशप्रहरणधारिणी (देवीको आह्वान) नामक यस कार्यक्रमको उद्घाटन राज्यको सूचना, संस्कृति तथा पर्यटन राज्यमन्त्री पूर्णिमा चक्रवर्तीले ' गरिन्। यस अवसरमा आयोजित देशभक्तिपूर्ण नाटकले उपस्थित सयौँ दर्शकलाई प्रभावित पाऱ्यो र उनीहरू भावुक पनि भए।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पूर्णिमा चक्रवर्तीले भनिन्, पर्यटनसँगसँगै राज्यको धरोहर एवं संस्कृतिको संरक्षण गर्न अति आवश्यक छ। उनले स्पष्ट पारिन्, सरकारको लक्ष्य धरोहरहरूको संरक्षणमा मात्र सीमित छैन, आफ्नो समृद्ध संस्कृतिलाई विश्वभरिका मानिसहरूसम्म पुऱ्याउनु हो। उनले भनिन्, बङ्गालको धरोहर अतीतको प्रतीक मात्र नभई आर्थिक विकास, पर्यटन र रोजगारीका अवसरहरू बढाउने एक महत्त्वपूर्ण शक्ति हो। दुर्गा पूजालाई बङ्गालको संस्कृति र पहिचानको प्रतीकको रूपमा वर्णन गर्दै मन्त्रीले भनिन्, यसले समाजलाई एकसूत्रमा बाँधेर राख्छ , त्यसैले हरेक पुस्ताले यस बहुमूल्य सम्पदाको संरक्षण गर्नुपर्छ।
पूर्ववर्ती ममता ब्यानर्जी सरकारमाथि कडा राजनीतिक प्रहार गर्दै चक्रवर्तीले आरोप लगाइन्, पछिल्लो शासनकालमा बङ्गालको संस्कृति र धरोहरलाई नष्ट गर्ने गहिरो षड्यन्त्र रचिएको थियो। संस्कृतिको यही अपमान र विनाशकारी प्रयासका कारणले जनताले पछिल्लो सरकारलाई सत्ताच्युत पारी राज्यमा राष्ट्रवादी सरकार गठन गरेको, उनले दाबी गरिन्।
यस सांस्कृतिक कार्यक्रममा ऋषि बङ्किम चन्द्रको ऐतिहासिक उपन्यास 'आनन्दमठ' बाट प्रेरितभएर संस्कार भारतीद्वारा 'मातृतीर्थेर सैनिक' (मातृभूमिको सिपाही) नामक नाटक मञ्चन गऱियो। अडिटोरियममा उपस्थित दर्शकले यो नाटक हेर्दा आफ्नो भावनालाई नियन्त्रण गर्न सकेनन्। नाटक बाहेक भव्य कार्यक्रममा 150 स्वरमा 'बन्दे मातरम को विशेष सामूहिक गायन प्रस्तुत गरियो।
समारोहमा सूचना तथा संस्कृति विभागका प्रमुख सचिव डा. सौमित्र मोहन उपस्थित थिए। साथै भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (कोलकाता) का निर्देशक मधुर कङ्कना रोय, मौलाना अबुल कलाम आजाद इन्स्टिट्यूट अफ एशियन स्टडीजका निर्देशक डा. सरूप प्रसाद घोष, संस्कार भारतीकी अखिल भारतीय सचिव नीलाञ्जना रोय र कार्यक्रम अधिकारी अंशुमन पाल उपस्थित थिए।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा