नगाउँ लोकसभा उपचुनाउको लागि मतदान दलहरू आ-आफ्नो केन्द्रहरू तर्फ प्रस्थान
Image of the polling party dispatch section.


मोरी गाउँ (असम), ०5 अक्टोबर (हि.स.)। नगाउँ लोकसभा क्षेत्रको उपचनाउको लागि मङ्गलवार हने मतदानलाई मध्यनजर गर्दै सोमवार मतदानकर्मीहरू आ-आफ्नो निर्धारित मतदान केन्द्रहरू तर्फ प्रस्थान भइसकेका छन्। मोरी गाउँ कलेज मैदानबाट पीठासीन अधिकारीहरू सहित मतदान दलहरू आ-आफ्नो केन्द्रतिर प्रस्थान गरे। यसबीच नगाउँ जिल्ला मुख्यालयका मतदानकर्मीहरू पनि आ-आफ्नो केन्द्रका लागि प्रस्थान भएका छन्।

मतदान प्रक्रियालाई सुचारु रूपमा सम्पन्न गराउनका लागि मतदान दलहरूलाई आवश्यक चुनाउ सामग्री एवं उपकरणहरू उपलब्ध गराइएको छ। सम्बन्धित अधिकारीहरू मतदान शुरु हुनअघि नै आफ्नो निर्धारित केन्द्रहरूमा पुगेर सबै तयारीहरू पूरा गर्नेछन्।

नगाउँ लोकसभा क्षेत्रमा नगाउँ र मोरी गाउँ जिल्लाका आठवटा विधानसभा क्षेत्रहरू सामेल छन्। यस क्षेत्रमा 6 अक्टोबरमा मतदान हुनेछ भने अक्टोबर 9 मा मतगणना हुनेछ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande