उपराज्यपाल, मुख्यमन्त्रीले केही स्वास्थ्य सेवाहरूको उद्घाटन गरे; आशा कार्यकर्ताको मानदेय 6 हजार रुपियाँ भयो
आशा सम्मेलन में  दिल्ली में  उपराज्यपाल तरनजीत सिंह संधू और मुख्यमंत्री रेखा गुप्ता  आशा कार्यकर्ता के साथ


दिल्ली के त्यागराज स्टेडियम में  आशा सम्मेलन में  दिल्ली में  उपराज्यपाल तरनजीत सिंह संधू


नयाँ दिल्ली, 06 अक्टोबर (हि.स.)। दिल्लीका उपराज्यपाल तरणजित सिंह सन्धू र मुख्यमन्त्री रेखा गुप्ताले मङ्गलवार सेवा सङ्कल्प अभियान अन्तर्गत आशा सम्मेलनमा स्वास्थ्य सेवाहरूसँग सम्बन्धित धेरै वटा पहलहरूको उद्घाटन गर्नको साथै आशा कार्यकर्ताहरूको मासिक मानदेय 3,000 देखि बढ़ाएर 6,000 रुपियाँ बनाइएको छ। उनीहरूले अनमोल योजनाको विस्तार, जीबी पन्त अस्पतालमा सोट्टो सेन्टर र नर्सिङ होम म्यानेजमेन्ट सिस्टम पोर्टलको उद्घाटन गरे। यो कार्यक्रम त्यागराज स्टेडियममा आयोजना गरिएको थियो। कार्यक्रममा स्वास्थ्यमन्त्री डा. पङ्कज कुमार सिंह पनि उपस्थित थिए।

उपराज्यपालले भने, प्रधानमन्त्री नरेन्द्र मोदीको समावेशी विकसित भारतको दृष्टिकोण अनुरूप आज दिल्लीमा स्वास्थ्य सेवासित सम्बन्धित पहलहरूको शुरुात गरियो। उनले भने, हाम्रा अग्रपङ्क्तिका आशा कार्यकर्ताहरूको महत्वपूर्ण भूमिकालाई ध्यानमा राख्दै उनीहरूको मासिक मानदेय 3,000-देखि बढ़ाएर 6,000 रुपियाँ बनाइएको छ। साथै नवजात शिशुहरूको उन्नत जाँचका लागि अनमोल योजना विस्तार गरिएको छ। यसका साथै जीबी पन्त अस्पतालमा समर्पित सोट्टो सेन्टर र नर्सिङ होम व्यवस्थापनको लागि पारदर्शी पोर्टल पनि शुरु गरिएको छ।

उपराज्यपालले भने, प्रविधि, मजबुत स्वास्थ्य सेवा एवं संवेदनशीलताको साथमा स्वस्थ विकसित दिल्लीको दिशामा अग्रसर हुनेछ।

मुख्यमन्त्रीले भनिन्, आशा कार्यकर्ताहरूको लागि प्रोत्साहन राशि 3,000-देखि बढ़ाएर 6,000 रुपियाँ बनाइएको छ। यसबाट दिल्लीका 6,690 जना आशा कार्यकर्ताहरूलाई आर्थिक सहयोग प्राप्त हुनेछ। उनले भनिन्, जीबी पन्त अस्पतालमा सोट्टो सेन्टर शुरु भएपछि अब अङ्गदान र प्रत्यारोपणको सम्पूर्ण प्रक्रियामा अझ राम्रो समन्वय हुने र आवश्यक पर्ने बिरामीहरूमा समयमै सहयोग पुग्ने, उनले बताइन्।

मुख्यमन्त्रीले भनिन्, अनमोल योजनालाई विस्तार गरिएको छ। यस अन्तर्गत दिल्लीमा नवजात शिशुहरूको 56 वटा स्वास्थ्य अवस्थाको निःशुल्क जाँच भइरहेको छ जसबाट समयमै रोग पत्तो लगाउन र उपचार गर्न सम्भव हुनेछ। उनले भनिन्, नर्सिङ्ग होम म्यानेजमेन्ट सिस्टम पोर्टल शुरु गरिएको छ जसबाट नर्सिङ्ग होमसँग सम्बन्धित प्रक्रियाहरूलाई थप सरल, पारदर्शी र जवाफदेही बनाउनेछ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande