मेगा ह्यान्डलुम क्लस्टरअन्तर्गत बुनकरहरूलाई उन्नत हतकर्घा  वितरण
असम के हथकरघा, वस्त्र एवं रेशम उद्योग मंत्री विश्वजीत दैमारी मंगलवार को ऐतिहासिक वस्त्रनगरी शुवालकुची में बुनकरों के बीच उन्नत किस्म के हथकरघे और आधुनिक हथकरघा उपकरण वितरित करते हुए।


कामरूप (असम), 06 अक्टोबर (हि. स.)। असमको हतकर्घा, वस्त्र एवं रेशम उद्योग मन्त्री विश्वजीत देमारीले मङ्गलवार ऐतिहासिक वस्त्रनगरी शुवालकुचीमा आयोजित विशेष समारोहमा बुनकरहरूलाई उच्च स्तरको उड़ामाको हतकर्घा र आधुनिक हतकर्घा उपकरणहरू वितरण गरे। यो वितरण भारत सरकारको वस्त्र मन्त्रालयको सहयोगमा राष्ट्रिय हतकर्घा विकास कार्यक्रम अन्तर्गत सञ्चालित 'मेगा ह्यान्डलुम क्लस्टर' परियोजना अन्तर्गत गरिएको हो।

समारोहमा हाजो-शुवालकुचीका विधायक प्रकाश चन्द्र दास, हतकर्घा तथा वस्त् निर्देशलयकी निर्देशक मयूरी ओझा, मुख्यमन्त्रीका विशेष कर्तव्यस्थ अधिकारी, हेमन्त चौधरी, कामरूप ग्रामीणकी अतिरिक्त आयुक्त गीताश्री लाचित सहित केही अधिकारी एवं स्थानीय गण्यमान्य मानिसहरू उपस्थित थिए। कार्यक्रममा एक हजारभन्दा बढ़ी बुनकरहरूले भाग लिएका थिए।

मन्त्री देमारीले भने, यस परियोजनाको उद्देश्य शुवालुकुचीका बुनकरहरूको परम्परागत कौशललाई आधुनिक प्रविधिसँग जोड़ेर हतकर्घा क्षेत्रलाई आत्मनिर्भर बनाउनु हो। केन्द्र अनि राज्य सरकारको संयुक्त प्रयासमा लगभग 32.41 करोड़ रुपियाँको बजेटमा यो परियोजना शुरू गरिएको हो।

यस परियोजना अन्तर्गत पाँच वटा ग्राम पञ्चायतभित्रका 68 वटा गाउँका सबै 4,266 लक्षित बुनकरहरूलाई एउटा-एउटा उन्नत उड़ामाको हतकर्घा उपलब्ध गराउने निर्णय लिइएको छ।

यस परियोजना अन्तर्गत लोक निर्माण विभागको सहकार्यमा चार वटा साझा प्रशोधन केन्द्र, आधुनिक डाई हाउस, गार्मेन्ट निर्माण एकाई, तीन तले कम्प्युटराइज्ड डिजाइन स्टुडियो, सेल्स सेन्टर, डिजीटल कार्ड पञ्चिङ सुविधा, आधुनिक यार्न डाइङ सेन्टर र 150 सिटको आवास स्थापना गरिनेछ।

यस अतिरिक्त स्थानीय स्तरमा निर्मित हतकर्घा उत्पादहरूलाई विश्वव्यापी बजारसम्म पुऱ्याउनको लागि आधुनिक 'ह्यान्डलुम सपिङ प्लाजा' र ई-मार्केटिङ प्रणालीहरू पनि विकास गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande