बन्दुक, जिउँदो कारतूस र प्याङ्गोलिनको खपटा सहित एक जना पक्राउ
वन विभाग के सुकना रेंज की टीम आरोपित के साथ 


सिलगढ़ी, 0६ अक्टोबर (हि.स.)। वन विभागको सुकना रेन्जको टोलीले 0५ अक्टोबरको अबेर राति खपरैल क्षेत्रमा अभियान सञ्चालन गरी २.५ किलोग्राम प्याङ्गोलिनको खपटा सहित एक जनालाई पक्राउ गरेको छ। पक्रा पर्नेमा दिलीप दर्जी रहेको छ। आरोपी सिलगढ़ी नजिकैको फुलबारी निवासी हो।

सुकना रेन्जले मंगलवार जारी गरेको प्रेस विज्ञप्ति मार्फत यसबारे जानकारी दिएको हो। विज्ञप्ति अनुसार, प्राप्त सूचनाका आधारमा आरोपीलाई पक्राउ गरिएको हो। तलासीका क्रममा उदेखि २.५ किलोग्राम प्याङ्गोलिनको खपटा, एउटा बन्दुक तथा तीन वटा जिउँदो कारतूस पनि जफत गरिएको छ।

आरोपी विरुद्ध मंगलवार आर्म्स एक्ट तथा वन्यजन्तु संरक्षण अधिनियम अन्तर्गत मुद्दा दर्ता गरी खरसाङ अदालतमा पेश गरियो। अदालतले उसको जमानत याचिका अस्वीकार गर्दै न्यायिक हिरासतमा पठाएको छ।

वन विभागले वन्यजन्तु तस्करीसँग जोड़िएको सम्भावित सञ्जालबारे थप जानकारी संकलन गरिरहेको जनाएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande