रंगापारा पुलिसले हरियाणाबाट दुई साइबर ठगलाई पक्राउ गर्यो
Two Fraudsters from Haryana Arrested by Rangapara Police


Two Fraudsters from Haryana Arrested by Rangapara Police


शोणितपुर (असम), 0६ अक्टोबर (हि.स.)। शोणितपुर जिल्ला अन्तर्गत रंगापारा पुलिसले हरियाणामा अभियान सञ्चालन गरी दुई जना अन्तरराज्यिय साइबर ठगलाई पक्राउ गरेको छ। उनीहरूले मोबाइल फोन मार्फत असमका विभिन्न क्षेत्रका मानिसलाई ठगी गरी रकम असुल्ने गरेको आरोप छ।

रंगापारा पुलिसले मंगलवार जानकारी दिए अनुसार, पुलिस अधिकारी धनजीत हालोईको नेतृत्वमा रहेको टोलीले हरियाणाबाट एम. शकिब र बिहार निवासी इश्तियाक आलमलाई पक्राउ गरेको हो। दुवै आरोपीलाई रंगापारा पुलिस थानामा ल्याएर सोधपुछ भइरहेको छ।

पुलिस सूत्रहरू अनुसार, आरोपीहरूले मोबाइल फोन मार्फत मानिसहरूलाई ठगी गर्ने गरेका थिए। अनुसन्धानपछि दुवैलाई थप कारबाहीका लागि मंगलवार तेजपुर अदालतमा पेश गरिएको छ। यस मामिलामा थप कारबाही हुन बाँकी रहेको पुलिसले जनाएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande