
पलामु, ०१ नोभेम्बर (हि.स.)। पलामु जिल्लाको छतरपुर महिला थानामा कार्यरत् महिला पुलिस जवान बबिता कुमारी (31) को आइतवार सड़क दुर्घटनामा परी मृत्यु भयो। उनी पडवाको लामी पातरास्थित जेटेट परीक्षा केन्द्रमा सुरक्षा व्यवस्थाको जाँच गर्न गइरहेकी थिइन्।
यसैबीच छतरपुर थाना अन्तर्गत करमा गाउँ नजिकै उनको मोटरसाइकललाई पछाडिबाट आएको कारले ठोक्कर दियो। उनको टाउकोमा गम्भीर चोट लागेको कारण उनी गम्भीर रूपमा घाइते भइन्। घटनास्थलमा उपस्थित मानिसहरूले महिलालाई तत्कालै अस्पतालमा पुऱ्याए जहाँ डाक्टरले उनलाई मृत घोषणा गरिदिए। जवानको मृत्युले पुलिस जगतमा शोक छाएको छ।
यता घटनाको जानकारी पाएर जवानको परिवारका सदस्य एवं गाउँलेहरू आक्रोशित भए। उनीहरूले शवलाई पोस्टमर्टम गर्नको लागि शवलाई पठाउन दिइरहेका छैनन्।
शवलाई उपमण्डल अस्पताल छतरपुरमा राखिएको छ। परिवारका सदस्यहरूले महिला पुलिसकर्मीको हत्या भएको आरोप लगाएका छन् र बाइकमा गइरहेका पुलिस अधिकारीको पहिचान सार्वजनिक गरी सम्पूर्ण मामिलाको अनुसन्धान अनि कारबाही गर्ने माग गरिरहेका छन्।
परिवारको भनाइ के पनि छ भने जवानको गोली दागी हत्या गरियो अनि दुर्घटना साबित गर्ने प्रयास गरिँदैछ।
परिवारले सड़क अवरुद्ध गरेको बताइएको छ। छतरपुर थाना प्रभारी एवं अन्य पुलिस कर्मीहरूले मामिलालाई शान्त बनाउनको लागि आक्रोशित मानिसहरूलाई सम्झाउने प्रयास गरिरहेका छन्।
भनिन्छ, पुलिस जवान बबिता कुमारीको परीक्षा ड्यूटी पडवाको लामी पातरामा थियो। एकजना सहकर्मीको बाइक चढेर उनी परीक्षा केन्द्रमा गइरहेकी थिइन्। यसै क्रममा यो दुर्घटना भयो। पुलिसकर्मीको पहिचान सार्वजनिक गरिएको छैन।
पुलिस जवान बबिता विगत 3 वर्षदेखि छतरपुरको महिला पुलिस चौकीमा कार्यरत् थिइन्। उनका माइत छतरपुर थाना क्षेत्र अन्तर्गत बारा गाउँमा छ भने उनका सासुराली पड़वा थाना क्षेत्रमा छ। उनका तीन सन्तान छन्।
सम्पूर्ण विषयमा अनुसन्धान भइरहेको थाना प्रभारीले जनाएका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा