मुख्यमन्त्री तामाङले टिम्बुरबुङ र सिङ्लिङ पुगेर दिवङ्गतहरूप्रति श्रद्धाञ्जली अर्पण गरे
मुख्यमन्त्री तामाङले टिम्बुरबुङ र सिङ्लिङ पुगेर दिवङ्गतहरूप्रति श्रद्धाञ्जली अर्पण गरे


गान्तोक, 01 नोभेम्बर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले टिम्बुरबुङ र सिङ्लिङ पुगेर दिवङ्गतहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। उक्त जानकारी उनले आज सामाजिक सञ्जालमार्फत साझा गरेका छन्।

मुख्यमन्त्री तामाङले टिम्बुरबुङस्थित स्वर्गीय भानुभक्त दाहालको निवास तथा सिङ्लिङस्थित स्वर्गीय सुषमा सुब्बा र स्वर्गीय फूलमाया तामाङको निवासमा पुगेर शोकाकुल परिवारजन तथा आफन्तहरूप्रति समवेदना व्यक्त गरे।

उनले यस कठिन घडीमा शोकसन्तप्त परिवार र शुभचिन्तकहरूप्रति हार्दिक समवेदना प्रकट गर्दै दिवङ्गत आत्माहरूको चिरशान्तिको कामना गरे। साथै, उनले अपूरणीय क्षति सहन परिवारका सदस्यहरूलाई धैर्य र शक्ति प्राप्त होस् भन्ने प्रार्थना पनि गरे।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande