चक्रवात अर्नब कमजोर, नेपालमा मौसम बिस्तारै सामान्य बन्दै
तीन दिनों की लगातार बारिश के बाद काठमांडू का मौसम खुल गया है


काठमाण्डौं, 0१ नोभेम्बर (हि.स.)। पश्चिमी नेपालको वरपर रहेको न्यून चापीय क्षेत्रको प्रभाव कमजोर हुँदै गएको छ। उक्त क्षेत्र चक्रवात अर्नबको अवशेषका रूपमा रहेको र यसको प्रभाव घट्दै गएसँगै नेपालमा मौसममा बिस्तारै सुधार हुँदै गएको छ।

मौसम पूर्वानुमान महाशाखा अनुसार, हाल लुम्बिनी प्रदेश सहित देशका पहाड़ी तथा हिमाली क्षेत्रमा सामान्यतया बादल लागेको छ भने अन्य भूभागमा आंशिक बदली रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

महाशाखा अनुसार, आइतवार दिउँसो देशभरि आंशिक बदल छाइरहनेछ। हिमाली तथा पहाड़ी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुने सम्भावना रहेको छ।

त्यसैगरी, आइतवार राति पनि देशभरि आंशिक बादल छाइरहने अनुमान गरिएको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुनसक्ने महाशाखाले जनाएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande