चक्कु प्रहार गरी युवकको हत्या, आरोपी फरार
सांकेतिक फाेटाे


लखनऊ, 0१ नोभेम्बर (हि.स.)। उत्तर प्रदेशको राजधानी लखनऊ स्थित सआदतगञ्ज पुलिस थाना क्षेत्रमा शनिवार राति चक्कु प्रहारका दुई छुट्टाछुट्टै घटना भएका छन्। घटनामा एक युवकको उपचारका क्रममा मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।

पश्चिम क्षेत्रका पुलिस उपायुक्त जितेन्द्र कुमार श्रीवास्तव अनुसार, अम्बेडकर पार्क नजिक रामनगर निवासी रेहानमाथि मौज्जमनगरका उजैफाले धारिलो हतियारले घाँटीमा प्रहार गरेका थिए। गम्भीर घाइते रेहानलाई उपचारका लागि केजीएमयू ट्रमा सेन्टर लगियो, जहाँ उपचारका क्रममा उनको मृत्यु भएको हो। पुलिसले परिवारको उजुरीका आधारमा मुद्दा दर्ता गरी फरार आरोपीको खोजी गरिरहेको छ।

यसैगरी, सआदतगञ्जकै जेटी चौकी क्षेत्र स्थित शनि बेकरीमा काम गर्ने रायबरेलीका आदर्श आलिया र राजेश कुमारबीच मादक पदार्थ सेवनपछि विवाद भएको थियो। विवादका क्रममा दुवैले एकअर्कामाथि चक्कु प्रहार गर्दा दुवै घाइते भएका छन्। पुलिसले दुवैलाई उपचारका लागि अस्पताल पठाएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande