
वाराणसी, 0१ नोभेम्बर (हि.स.)। उत्तर प्रदेशको वाराणसी स्थित आदमपुर क्षेत्रमा पुरानो वैमनस्यका कारण एक मजदुरको हत्या भएको छ। शनिवार राति रक्सी पसल नजिकै केही व्यक्तिले मजदुर अङ्कित राजभरमाथि कुटपिट गरी पाँच किलोको सानो ग्यास सिलिन्डरले टाउकोमा प्रहार गरेका थिए।
पुलिस अनुसार, धोबी घाट क्षेत्रमा रङरोगनको काम गर्ने अङ्कित घर फर्किने क्रममा स्थानीय लोढे विश्वकर्मा र उनका दुई साथीले बाटो छेकेर विवाद गरेका थिए। विवाद बढ़ेपछि उनीहरूले अङ्कितमाथि कुटपिट गर्दै सिलिन्डरले टाउकोमा पटकपटक प्रहार गरे। गम्भीर घाइते अङ्कितलाई स्थानीयवासी र परिवारका सदस्यले अस्पताल पुर्याए, जहाँ चिकित्सकले मृत घोषित गरे।
घटनापछि आरोपीहरू फरार भएका छन्। पुलिसले घटनास्थलको निरीक्षण गरी प्रमाण सङ्कलन गरेको छ। आरोपीहरूको खोजीका लागि पुलिस टोली परिचालन गरिएको सहायक पुलिस आयुक्त विजय प्रताप सिंहले जानकारी दिएका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी