
देहरादून, 0१ नोभेम्बर (हि.स.)। उत्तराखण्डको देहरादून स्थित पटेलनगर क्षेत्रमा शनिवार राति पुलिस र मोटरसाइकलमा सवार दुई अपराधीबीच भिड़न्त भएको छ। पुलिसको जवाबी कारबाहीमा दुवैको खुट्टामा गोली लागेको छ। उनीहरूदेखि दुई वटा पेस्तोल, जीवित गोली र प्रयोग भइसकेका गोलीका खोका जफत गरिएको पुलिसले जनाएको छ।
पुलिस अनुसार, नक्कली नम्बर प्लेट भएको मोटरसाइकलमा सवार दुई युवकलाई जाँचका क्रममा रोक्न खोज्दा उनीहरू भागेका थिए। पलुिसले पछ्याउने क्रममा उनीहरूले पुलिसको गाड़ीमाथि गोली चलाए, जसबाट गाड़ी क्षतिग्रस्त भयो। त्यसपछि पुलिसले जवाबी कारबाही गऱ्यो।
घाइते दुवैलाई उपचारका लागि अस्पताल भर्ती गरिएको छ। पक्रा पर्नेमा हरिद्वारको रुड्की निवासी समीम र शहजाद रहेका छन्। प्रारम्भिक अनुसन्धानमा उनीहरूले पटेलनगर, विकासनगर र सहसपुर क्षेत्रमा चोरीका घटनामा संलग्न रहेको स्वीकार गरेको पुलिसले जनाएको छ।
पुलिस अनुसार, दुवैको आपराधिक पृष्ठभूमि रहेको छ। उनीहरू विरुद्ध यसअघि पनि विभिन्न मुद्दा तथा गिरोह सम्बन्धी कानून अन्तर्गत कारबाही भइसकेको छ। पुलिसले उनीहरूको आपराधिक सञ्जाल र अन्य घटनामा संलग्नताबारे थप अनुसन्धान गरिरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी