उड़ान भर्नुअघि एयर इन्डियाको विमानमा अपहरणको चेतावनी, कोलकाता–मुम्बई उड़ानमा त्रास
विमान की सांकेतिक तस्वीर


कोलकाता, ११ नोभेम्बर (हि.स.)। कोलकाताको नेताजी सुभाषचन्द्र बोस अन्तरराष्ट्रिय विमानस्थलमा बुधवार उड़ान भर्नै लाग्दा एयर इन्डियाको एउटा विमानमा अपहरणको चेतावनी जारी भएपछि खैलाबैला मच्चियो। उक्त घटना कोलकाताबाट मुम्बई जान लागेको एयर इन्डियाको उडान सङ्ख्या एआई ७७२ मा बुधवार बिहान भएको हो।

सूत्र अनुसार, विमान उड़ान भर्नुअघि पाइलटले हवाई यातायात नियन्त्रण (एटीसी) केन्द्रलाई विमान अपहरण सम्बन्धी सन्देश पठाए। चेतावनी प्राप्त हुनसाथ विमानस्थल प्राधिकरण र सुरक्षा निकायहरू सतर्क भए। सुरक्षालाई प्राथमिकता दिँदै विमानलाई तत्काल एकान्त सुरक्षा क्षेत्रमा लगियो। सुरक्षाकर्मीहरूले घटनास्थलमा पुगेर विमानलाई घेराबन्दी गरे। यात्रुहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएपछि विमानको सघन तलासी शुरु गरियो।

पाइलटले किन अपहरणको चेतावनी पठाए भन्ने विषयमा हाल विस्तृत अनुसन्धान भइरहेको छ। विमानस्थल प्राधिकरण तथा सम्बन्धित अधिकारीहरूले उक्त चेतावनी प्राविधिक खराबीका कारण आएको हो वा यसका पछाडि अन्य कुनै कारण छ भन्नेबारे अनुसन्धान गरिरहेका छन्। घटनाका कारण कोलकाता विमानस्थलमा यात्रुहरूबीच लामो समयसम्म अफरातफरी र त्रासको वातावरण सिर्जना भयो।

यसअघि अक्टोबर महिनामा पनि कोलकाता विमानस्थलमा लगातार दुई दिन बम रहेको हल्लाले त्रास फैलिएको थियो। त्यसबेला विमानको शौचालयबाट बम राखिएको उल्लेख गरिएको धम्कीपूर्ण पत्र फेला परेको थियो।

त्यस्तै, गत सेप्टेम्बरमा दुबईबाट इजरायल जाँदै गरेको फ्लाईदुबईको विमानलाई सहचालकले नै अपहरण गर्ने प्रयास गरेको घटना सार्वजनिक भएको थियो। भारतीय पाइलट स्मित मच्छड़माथि धारिलो हतियारले आक्रमण गर्दा उनी गम्भीर घाइते भएका थिए। विमानको ककपिटमा दुवैबीच भएको सङ्घर्षपछि यात्रुहरूको सहयोगमा सहचालकलाई नियन्त्रणमा लिइएको थियो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande