
- डिगारू रेलवे स्टेसनमा इन्जिनसहित पाँचवटा डिब्बा लिकबाट खसे
गुवाहाटी, ११ नोभेम्बर (हि.स.)। गुवाहाटी नजिकै डिगारूमा बुधबार बिहान कोलकाता-साइरङ एक्सप्रेस दुर्घटनाग्रस्त भएको छ। पूर्वोत्तर सीमान्त रेलवे (पूसीरे) का मुख्य जनसम्पर्क अधिकारी कपिञ्जल किशोर शर्माले दिएको जानकारीअनुसार, बिहान करिब ६ बजेर ५४ मिनेटमा डिगारू रेलवे स्टेसनमा अर्को रेललाई बाटो दिनका लागि १३१२५ नम्बरको कोलकाता-साइरङ एक्सप्रेसलाई रोक्ने क्रममा दुर्घटना भएको हो।
यस क्रममा रेलका लोको पाइलटले रेलको गति नियन्त्रण गर्न नसक्दा इन्जिनसहित पाँचवटा डिब्बा लिकबाट खसेका छन्।
उनका अनुसार, दुर्घटनामा सबै यात्रु सुरक्षित रहेका छन् भने कसैलाई पनि गम्भीर चोटपटक लागेको छैन। यात्रुहरूलाई गन्तव्यसम्म पुर्याउन अर्को रेलको व्यवस्था गरिएको छ।
दुर्घटनापछि तत्कालै उद्धार तथा राहत कार्य शुरु गरिएको छ। घटनास्थलतर्फ महाप्रबन्धकसहित रेलवेका अन्य अधिकारीहरू प्रस्थान गरिसकेका छन्।
हिन्दुस्थान समाचार / बिशाल