न्युजिल्यान्ड विरुद्धको टेस्ट शृङ्खलाका लागि भारतीय टोलीमा गुरनूर समावेश, कुलदीप बाहिर
गुरनूर बरार


नयाँ दिल्ली, १४ नोभेम्बर (हि.स.)। न्युजिल्यान्ड विरुद्धको दुई टेस्ट खेलको शृङ्खला शुरु हुनुअघि भारतीय टोलीमा परिवर्तन गरिएको छ। पुरुष छनोट समितिले तीव्र गतिका बलर गुरनूर बरारलाई टोलीमा समावेश गरेको छ भने कुलदीप यादवलाई घरेलु क्रिकेट खेल्नका लागि टेस्ट टोलीबाट मुक्त गरिएको छ। विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्त पनि भारतीय टेस्ट टोलीका अन्य सदस्यहरूसँग जोडिएका छन्।

भारत र न्युजिल्यान्डबीच दुई टेस्ट खेलको शृङ्खला आगामी १९ नोभेम्बर, २०२६ देखि वेलिङ्टनमा शुरु हुनेछ। २०२७ को जून महिनामा आयोजना हुने विश्व टेस्ट च्याम्पियनसिप (डब्ल्यूटीसी) को फाइनलमा स्थान बनाउने दृष्टिले यो शृङ्खला निकै महत्त्वपूर्ण मानिएको छ।

विश्व टेस्ट च्याम्पियनसिपको अङ्कतालिकामा न्युजिल्यान्ड हाल शीर्ष स्थानमा रहेको छ। दक्षिण अफ्रिका र अस्ट्रेलिया पनि अङ्क प्रतिशतका आधारमा न्युजिल्यान्डको नजिक छन्। भारत भने चौथो स्थानमा रहँदै शीर्ष टोलीहरूभन्दा केही पछाडि छ। यस्तो अवस्थामा फाइनलको दौडमा कायम रहन भारतीय टोलीले बाँकी सात टेस्ट खेलमध्ये अधिकांशमा जित हासिल गर्नुपर्नेछ। भारतको टेस्ट अभियान अस्ट्रेलियाविरुद्धको पाँच खेलको घरेलु शृङ्खलासँगै समाप्त हुनेछ।

न्युजिल्यान्ड विरुद्धको संशोधित भारतीय टेस्ट टोली

शुभमन गिल (कप्तान), यशस्वी जैसवाल, केएल राहुल (उपकप्तान), देवदत्त पडिक्कल, ऋषभ पन्त (विकेटकिपर), ध्रुव जुरेल (विकेटकिपर), रविन्द्र जडेजा, अंशुल कम्बोज, जसप्रित बुमराह, प्रसिद्ध कृष्णा, आकाश दीप, साई सुदर्शन, नितिश कुमार रेड्डी, वासिङ्टन सुन्दर, मोहम्मद सिराज र गुरनूर बरार।


 rajesh pande