जुवाको अखड़ामा पुलिसको छापा, नगद सहित चार जना पक्राउ
गिरफ्तार आरोपितों के साथ पुलिस 


कुचबिहार, १७ नोभेम्बर (हि.स.)। घोक्साडाङ्गा थाना क्षेत्रको प्रेमेरडाङ्गा ग्राम पञ्चायत अन्तर्गत फेसियाबाड़ी इलाकामा गोप्य सूचनाका आधारमा सोमवार राति पुलिसले छापा मारेर चार जनालाई पक्राउ गरेको छ। उक्त स्थानमा पासा र छक्का मार्फत अवैध रूपमा जुवा खेलिरहेको आरोप छ।

पुलिस सूत्र अनुसार, पक्रा परेका आरोपीहरूको पहिचान जहाँगीर आलम (३७), सफियार हुसैन (३७), अमिनुर इस्लाम (४२) र आतियार हुसैन (३९) का रूपमा भएको छ।

पुलिसले छापामारीका क्रममा घटनास्थलबाट १५ हजार ९१० रुपियाँ नगद जफत गरेको छ। प्रारम्भिक अनुसन्धानका क्रममा उक्त रकम जुवामा बाजी लगाउन प्रयोग भइरहेको हुनसक्ने पुलिसले आशङ्का गरेको छ।

यस बाहेक तलासीका क्रममा चार वटा आधा जलेका मैनबत्ती, एउटा डब्बु, चार वटा गोटी, एउटा फोर र ओछ्याउन प्रयोग गरिने एउटा चादर पनि जफत गरिएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande