कार चालकको हत्या प्रकरणमा तीन जना आरोपी पक्राउ
कार चालकको हत्या प्रकरणमा तीन जना आरोपी पक्राउ


मोरीगाउँ (असम), १७ नोभेम्बर (हि.स.)। मोरीगाउँ जिल्लाको जागीरोड पुलिसले कार चालक अश्राफुल इस्लामको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ।

पुलिसले मङ्गलवार दिएको जानकारी अनुसार, मोरीगाउँका अश्राफुलको हत्या प्रकरणमा संलग्न तीन जना आरोपीलाई गोप्य सूचनाका आधारमा पक्राउ गरिएको हो। पक्रा परेका आरोपीहरूको पहिचान जिल्लाको मायङ पगलामारी निवासी सैदुल इस्लाम, जागीरोड रोहा पहाड़ निवासी उमर फारुक र मिकिरभेटा निवासी सजरुलका रूपमा गरिएको छ।

तीनै जनामाथि अश्राफुलको हत्या गरेको आरोप छ। यसअघि नै दर्ता गरिएको प्राथमिकीका आधारमा पुलिसले पक्रा परेका तीनै जना आरोपीसँग सघन सोधपुछ गरिरहेको छ। अर्कोतर्फ, अश्राफुलका परिवारका सदस्यहरूले मुख्यमन्त्रीसँग तीनै जना आरोपीको इन्काउन्टर गर्न माग गरेका छन्।

उल्लेखनीय छ, अश्राफुल इस्लामको शव गत १४ नोभेम्बरमा एएस-०४के-५०५१ नम्बरको कारभित्रबाट फेला परेको थियो। प्राप्त जानकारी अनुसार, मोरीगाउँको दरबारी क्षेत्रका चालक अश्राफुल स्विफ्ट कारमा केही यात्रुहरूलाई लिएर बूढाबूढीबाट गुवाहाटी गएका थिए।

गुवाहाटीबाट फर्किने क्रममा यात्रुहरूको गतिविधिमाथि शङ्का लागेपछि अश्राफुलले यात्रुहरूकै फोनबाट आफ्नी पत्नीलाई फोन गरेका थिए। त्यसपछि उनको फोन बन्द भएको थियो। पछि उनको शव कारभित्रबाट फेला परेको थियो।

/ बिशाल


 rajesh pande