2047 सम्म कङ्ग्रेस सत्तामा फर्किन सक्नेछैन, वास्तविक संसदमा नीति निर्धारण गर्ने मौका पाउनेछैनः दिलीप सैकिया
दिलीप सैकिया। Dilip Saikia


गुवाहाटी, 02 नोभेम्बर (हि.स.)। असम प्रदेश भाजपाका अध्यक्ष दिलीप सैकियाले दाबी गरे, आगामी 25 देखि 30 वर्षसम्म कङ्ग्रेस सत्तादेखि बाहिर रहनेछ तथा आगामी वर्ष 2047 सम्म सत्तामा फर्किने कुनै सम्भावना छैन। सैकियाले आज यहाँ राज्य भाजपाको मुख्यालयमा राज्य भाजपाका नवनियुक्त प्रदेश प्रभारीहरूको शपथ ग्रहण समारोह अनि स्वागत समारोहमा भाग लिएपछि पत्रकारहरूसँग बातचित गरिरहेका थिए।

सैकियाले भने, आगामी 25 देखि 30 वर्षसम्म कङ्ग्रेसले वास्तविक संसदमा आएर नीति निरधारण गर्न सक्ने छैन। तसर्थ, कङ्ग्रेस नेताहरूले मक पार्लियामेन्टमै निर्णय लिनुपर्नेछ। दिल्लीको रामलीला मैदानमा कङ्ग्रेसले आयोजना गरेको विरोध प्रदर्शनलाई उल्लेख गर्दै उनले दाबी गरे, यसमा करिब 50 देखि 60 हजार मानिस सहभागी भएका थिए।

यसको विपरित उनले भने, आइतवार भाजपाको ऱ्यालीमा करिब 2.50 लाख मानिसहरू सहभागी भएका थिए। भाजपाका प्रदेश अध्यक्षले दुवै राजनीतिक आयोजनहरूमा सामेल मानिसहरूको सङ्ख्याको तुलना गर्दै कङ्ग्रेसमाथि कटाक्ष गरे।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande