झाड़ग्राममा राज्यको दोस्रो टाइगर सफारी पार्क बन्ने, पाँच वटाा बाघलाई ल्याउने तयारी
झाड़ग्राममा राज्यको दोस्रो टाइगर सफारी पार्क बन्ने, पाँच वटाा बाघलाई ल्याउने तयारी


कोलकाता, 02 नोभेम्बर (हि.स.)। पश्चिम बङ्गालको जङ्गलमहल क्षेत्रमा पर्यटनलाई प्रोत्साहन गर्नको लागि झाड़ग्राममा टाइगर सफारी पार्क स्थापना गरिने भएको छ। उत्तर बङ्गालको सिलगढ़ीमा रहेको बङ्गाल सफारी पार्कपछि यो राज्यको दोस्रो टाइगर सफारी पार्क हुनेछ। राज्य सरकारले आफ्नो पहिलो बजेटमा यस परियोजनाको लागि 25 करोड़ रुपियाँ आवन्टन गरेको छ।

झाड़ग्राम शहरको बाहिरी भागमा रहेको जङ्गलमहल जूलोजिकल पार्क अगाडि 262 एकड़मा फैलिएको शाल वनमा सफारी पार्क निर्माण गरिने छ। राज्यका वनमन्त्रीले भर्खरै आगामी अङ्ग्रेजी नयाँ वर्षमा सिलगढ़ीको बङ्गाल सफारी पार्कबाट पाँचवटा बाघलाई झा़ग्राममा ल्याउने घोषणा गरेका छन्। योसँगसँगै यहाँ टाइगर सफारी शुरु गर्ने तयारी भइरहेको छ।

वन विभागको श्रोत अनुसार प्रस्तावित सफारी पार्कको लागि जग्गा हस्तान्तरण गरिसकिएको छ भने परियोजनाको प्रस्ताव पनि तयार गरी पठाइएको छ। चाँड़ै टेण्डर प्रक्रिया सम्पन्न गरी निर्माण कार्य शुरु गरिनेछ। बाघहरूको सुरक्षाको लागि सम्पूर्ण जङ्गलको वरिपरी अग्लो पर्खाल बनाइनेछ। यसमाथि बाघहरू संरक्षित क्षेत्रभित्र रहन सकुन् भनेर विशेष ब्याट्री सञ्चालित बिजुलीको बार लगाइनेछ।

पर्यटकहरूलाई नजिकबाट बाघ हेर्ने अवसर दिन जङ्गलभित्र जालीदार छत भएका गोलाकार मार्गहरू निर्माण गरिनेछ। पर्यटकहरूले यी मार्गहरूमा हिँड्दा बाघहरू देख्न सक्नेछन्। यसबाहेक सफारीको लागि विशेष सवारी साधनको पनि व्यवस्था गरिनेछ।

वन विभाग अनुसार प्रारम्भिक चरणमा बाघहरूलाई राख्नको लागि जङ्गलमहल जूलोजिकल पार्कमा व्यवस्था गरिएको छ। त्यहाँ नयाँ पर्खाल लगाइएको छ जसमा चार वटा बाघ बस्न सक्छन्। पहिलो चरणमा बाघलाई यस घेरामा राखिने छ। पछि बाघ सफारीको निर्माण सम्पन्न भएपछि उनीहरूलाई खुल्ला जङ्गलमा घुम्नको लागि छोडिनेछ।

झाड़ग्रामको साल वन र रातो माटो भएको क्षेत्रको हावापानी बाघको लागि अनुकूल हुनेछ कि छैन, यस प्रश्नमा वन विभागका अधिकारीहरूको भनाइ छ, जङ्गलमहल जूलोजिकल पार्कमा पहिला पनि वन्यजन्तु संरक्षण एवं प्रजननमा सफलता प्राप्त भइसकेको छ। वर्ष 2018- मा उत्तर बङ्गालबाट यहाँ ल्याइएको चितुवा बन्द घेरामा प्रजननको माध्यमबाट बढ़ेको थियो। पछि केही चितुवा उत्तर बङ्गालमा पठाइयो।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande